add
अर्थ विशेष स्थानीय खबर

बिर्तामोड महोत्सवमा पप गायक भि–टेन स्तब्ध, बार नै भत्काएर स्टेजमा पुगेपछि…

प्रकाश उप्रेती
बिर्तामोड, २६ पुस । नेपाली सांगीतिक क्षेत्रका युवा ‘पप’ गायक समिर घिसिङ ‘भि–टेन’ बिर्तामोड महोत्सव–२०७५ मा मंगलबार साँझ स्तब्ध भएका छन् ।

पूर्वमा पहिलो पटक आफ्नो पप गीत प्रस्तुत गर्न बिर्तामोड आएका भि–टेनले स्टेजमा आफ्ना गीत गाउन नपाउँदा स्तब्ध भएका हुन् । दुइवटा गीत मात्रै गाएका थिए । महोत्सव परिषरमा प्रवेश गर्ने दर्शकको माहोल तातेपछि भि–टेनले गीत गाउन नसक्ने अवस्था भयो ।

संयुक्त युवा परिवारका स्वयम् सेवक, इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटेको प्रहरीको टोलीले पनि दर्शकलाई थाम्न नसक्दा स्टेजमै दर्शक पुगेका पुगेका थिए । उनले भने, यस्तो त मैले पहिलो पटक बिर्तामोडमा देखें ।

उनले स्टेज भन्दा ५० मिटर अगाडीको बासको बेरा भत्काएर स्टेजमै पुगेका दर्शक ‘फेन’लाई भने म तपाइहरुलाई नै भरपुर मनोरञ्जन दिन आएको हुँ । तपाईंकै साथी हुँ, आफूलाई सम्माल्नुस् ! अनिमात्रै म गीत गाउँछु ।

त्यति भन्दा पनि दर्शकको माहोल अनियन्त्रित बनेपछि प्रहरीले ‘भि–टेन’लाई गाउन रोके । ६ हजारबढी दर्शकको भीड थियो । अरु दिन ५० र १ सय रुपैयाँको इन्ट्री टिकट थियो । भि–टेन आएको दिन टिकट दर २ सय थियो । सहभागीमध्ये टीन एजरको बढी सहभागिता रहेकोले भीडलाई नियन्त्रण गर्न नसकिएको प्रहरीको भनाई छ । असाह्य विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उद्देश्यले संयुक्त परिवार झापाले पुष १३ गतेदेखि २५ सम्म बिर्तामोड महोत्सव २०७५ सञ्चालनमा ल्याएको हो ।

कलाको तागत
कलाले पनि योजना अनुसारका कार्यक्रम सफलता नजिक पु¥याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ । बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ ।

पछिल्लो समयमा कुनै पनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग पारेको छ । त्यसमा पनि नाम चलेका चर्चित कलाकारहरु, गायक–गायिका तथा नृत्यकारको आगमनले दर्शकको भीड बढ्ने गरेको समितिका महासचिव तथा महोत्सव आयोजक संयोजक बदी महतले बताए ।

महोत्सवमा खेल–तमासा भए पनि नाम चलेका राष्ट्रिय कलाकार हुँदाको दिनको रौनक नै फरक पर्ने महतको भर्ना छ । नयाँ वर्षको सन्दर्भ या मेला–महोत्सवमा ! चर्चित गायक तथा नृत्यका ‘पारखी’ को बढ्दो प्रयोगले तथा सांगीतिक क्षेत्रलाई मानिसले धेरै रुचि राखेकै कारण आगन्तुको भीड बढेको युवा परिवारका अध्यक्ष प्रदीपकुमार श्रेष्ठको भनाइ छ ।

महोत्सवमा क्रमशः आगन्तुकको भीड बढ्दै गएकोे थियो । राष्ट्रिय कलाकार आउने भनी सञ्चारक्षेत्र र गाँउ–बजारमा गरिएको प्रचारप्रसारले पनि महोत्सवमा रौनक बढाएको थियो । १४ गतेदेखि कमेडियन कलाकार डेनिट शंकरले आफ्नो प्रस्तुतिमा निकै दर्शकको मन जित्न सफल भए ।

सोही कार्यक्रमको स्टेजमा पुष १७ गते ताराप्रकाश लिम्बू्ले ५ वटा गीतबाट आफ्ना ‘फेन’को समय लिन सफल भए । आयोजकले कलाकार आउने भनी बाहिरी प्रचार नै नगरेको दिन पुष १८ गते आस्था राउतले निकै युगल जोडीलाई नचाइन् । ‘खै त मलाई झुम्कै बुलाकी, ‘तीन मोहरको धागोले, ‘म रुदा सँगै रुने, ‘बिर्सिदेउ हिजो के–के भो लगायतका गीतमा कम्मर नमच्चाउने आगन्तुक प्रायः कमै थिए ।

त्यस्तै पुष १९ गते कमल खत्रीले ‘भूलेर नजानु तिमी, ‘माया लुकी लुकी, ‘उदायो हावाले, नाच फिरिरीलगायतका आधुनिक चर्चित गीत प्रस्तुत गरेका थिए । पछिल्लो क्षेत्रमा ‘हट’ गायिकाको रुपमा उदाएकी गायिका ज्योति मगरले २१ गते देखाएको आफनो प्रस्तुतिले बिर्तामोडका दर्शक उर्लिए ।

२२ गते तृष्णा गुरुङले ‘माया पिरती, ‘रेललै मा,लगायतका गीतले र २३ गते राजेशपायल राईले ‘घरबारै रैछौ मायालु, ‘मरेका आउदैनन फर्की, ‘बैसले होकी, लगायतका चर्चित गीतले महोत्सव परिषरमा भित्रिनेको संख्याले भरिएको थियो ।

Facebook Comments