add
मनोरञ्जन स्थानीय खबर

बिर्तामोडमा विपुल आउँदै

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोडमा बृहत सांगीतिक कन्सर्ट हुने भएको छ । कन्सर्ट लोकप्रिय गायक विपुल क्षेत्री तथा द ट्राभलिङ वेण्डले बिर्तामोडको टावर टेम्पल स्कुलमा माघ १२ गते कन्सर्ट गर्न लागेको हो । आयोजक संस्था पुर्वाञ्चल रकले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजनाको तयारी गरेको जानकारी दिएको हो ।

देशभर ६ स्थानमा कन्सर्ट गर्ने पूर्वाञ्चल रकका प्रबन्ध निर्देशक रवि श्रेष्ठले बताए । बिर्तामोडपछि पाल्पा, हेटौँडा, वुटवल, पोखरालगायतका स्थानमा कन्सर्ट गर्न लागेको पत्रकार सम्मेलनमा बताइएको छ । ‘पूर्वाञ्चलको बिर्तामोड, दमक जस्ता ठाउँमा राम्रा कन्सर्ट आइपुग्नै पाउँदैनन्’, प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘बिर्तामोडमा पनि राम्रो कन्सर्ट ल्याउने उदेश्यले पूर्वाञ्चल रकले आयोजना गरेको हो ।’

बिर्तामोडमा हुने विपुल क्षेत्रीको कन्सर्टमा ४ हजार दर्शको उपस्थिति रहने अपेक्षा आयोजकले लिएको छ । २० लाख अनुमानित खर्च हुने पूर्वाञ्चल रकका उत्सव प्रसाईले बताए ।

Facebook Comments