add
विशेष स्थानीय खबर

झापामा उत्पादित तरकारीमा उच्च मात्रामा विषादी

add

बिर्तामोड, २७ पुस । झापाको कृषिथोक बजारमा बिक्रीका लागि ल्याएको तरकारीमा बिषादीको मात्रा उच्च भेटिएको छ । कृषिथोकमा बिक्रीका लागि ल्याईएको ब्रोकाउली र प्याजमा ६५ प्रतिशत विषादीको मात्रा भेटिएको हो । जुन खानै नमिल्ने प्रतिशत हो ।

झापाको राजगढबाट बिक्रिका लागि बिर्तामोड स्थित कृषि बजारमा ल्याएको ब्रोकाउली र प्याजको नमुना संकलन गरी बिर्तामोडमा रहेको विषादी मापन प्रयोगशालाका कर्मचारीले परिक्षण गरेका थिए । परिक्षणका क्रममा एकै स्थानबाट ल्याईएका ती ब्रोकाउली र प्याजमा ६५ प्रतिशत बिषादीको मात्रा फेला परेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताईन् ।

‘हामिले कृषिथोक बजारमा व्यापारीले बिक्रिका लागि ल्याएका ब्रोकाउलीको नमुना परिक्षण गरेका हाँै, त्यसमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक ६५ प्रतिशत विषादीको मात्रा भेटिएको हो ।’ आचार्यले भनिन् । ४५ प्रतिशत भन्दा माथि विषादीको मात्रा भेटिए उक्त फलफुल तथा तरकारी खान मिल्दैन । ३५ प्रतिशत सम्म केहिसमय राखेर खानयोग्य, ३५ देखि ४५ प्रतिशत सम्म केही समय क्वारेन्टटाइनमा राखेर खान मिल्ने हुन्छ भने त्यस भन्दा माथि भेटिए सो तरकारी तथा फलफुल खान नमिल्ने उनको भनाई छ ।

कृष्थिोक बजारमा बिक्रिका लागि बाह्रदर्शी –३ का चन्द्र साहले ल्याएको २० केजी ब्रोकाउली, सोहि स्थानका महावीरलाल साहको १० किलो ब्रोकाउली, बिर्तामोड –४ कि सुदा चौधरीले ल्याएको १० किलो र शेर महमदले ल्याएको १ झोला ब्रोकाउली बिषादी युक्त भेटिएको थियो । कृषिथोकमानै राखिएको मान्छे नभएको ६ बोरा प्याजमा पनि ६५ प्रतिशतनै विषादीको मात्रा भेटिएकाले नगरपालिका र इलाका प्रहरी कार्यालयको सहयोगमा जफत गरिएको प्राविधिक सहायक अञ्जु आचार्यले बताईन् ।

उनका अनुसार ती सबै तरकारी झापाकै कृषकले उत्पादन गरेका हुन् । ब्रोकाउली र प्याजमा बिषादीको मात्रा बढि भेटिए पछि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालयलाई जनाकारी गराई व्यपारीबाट जफत गरी केहि नष्ट गरिएको र केहि थप परिक्षणका लागि राखिएको छ । ‘हामिले नमुना संकलन गरी रिपोर्ट निकालेर कृषिथोक बजार सञ्चालन समितिलाई जानकारी दिने हो, अहिले सो समितिमा व्यवस्थापक र अध्यक्षनै नभएपछि नगरपालिकालाई जानकारी दियौ, नगरप्रमुख आएर उहाँको अग्रसरतामा ब्रोकाउली नष्ट गरियो ।’ आचार्यले भनिन् ।

उनका अनुसार विषादी मापन प्रयोगसालाले विषादीको मात्रा बढि देखीए बजार सञ्चालक समितिलाई जनाकारी गराउने र सो समितिले नस्ट गर्ने प्रावधान रहेको छ ।
तर, बजार सञ्चालक समितिमा पदाधिकारी नहुँदा नष्ट गर्न नगरपालिकालाई गुहार्नु परेको हो । विषादी मापन प्रयोगसालाले विषादीको मात्रा बढि भेटिएको जानकारी गराउन साथ नगरप्रमुख ध्रबकुमार शिवाकोटी सहितको टोलिले केहि परिमाणमा ब्रोकाउली नष्ट गरेको छ । प्रदेश– १ कै लागि स्थापना भएको सो विषादी मापन प्रयोगसालाले झापाका बजार सहित प्रदेश– १ का बजारमा आउने र जिल्लामा उत्पादन हुने तरकारी तथा फलफुलको नमुना संकलन गरी परिक्षण गर्दै आएको छ । आजको प्रतिदिन दैनिकमा खबर छ ।

Facebook Comments