add
स्थानीय खबर

झापामा हात्तीको उपद्रवः आधा दर्जनभन्दा बढी घर भत्कायो

add

दमक, २७ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ ।

वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ बस्ती,टुक्रेका सुकुम्बासी बस्तीहरुमा गएराति दुई वटा संख्यामा आएको हात्तीले त्यहाँका घरहरुमा आक्रमण गरि क्षति पुरयाँएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय प्रेमबहादुर दर्जी,दिनेश मल्लिक,नारायण मल्लिक ,फुर्वा तामाङ्गसहितका अन्य दुई जनाको घरको अन्नवाली,घरका भित्ताहरुमा क्षति पुरयाँएको वडाध्यक्ष निरौलाले वताए ।

नजिकैको जंगलवाट करिव १२ वजेतिर निस्किएको हात्तीले रातभरि त्यस क्षेत्रमा उपद्रो मच्चाएको थियो । हात्तीलाई गाँउलेहरुसहित दमकको प्रहरी , शसस्त्र प्रहरीको सहयोगमा रातीनै जंगलतर्फ धपाईएको समेत वडाध्यक्ष निरौलाले वताए । यसअघि समेत त्यस स्थानमा जंगली हात्तीले उपद्रो मच्चाउदैं आएको छ ।

Facebook Comments