add
स्थानीय खबर

कचनकवलमा पृथ्वी जयन्तीमा आज सार्वजनिक बिदा

add

झापा, २७ पुस । झापाको कचनकवल गाउँपालिकाले आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने उद्देश्यले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । ‘मुलुक एकीकरणकर्ता उहाँको सम्मानस्वरुप बिदा दिने निर्णय गरिएको हो’, अध्यक्ष आलमले भन्नुभयो । गाउँपालिकामा विविध कार्यक्रम गरी एकता दिवस मनाइने समेत उहाँले बताउनुभयो ।

Facebook Comments