add
स्थानीय खबर

दमकमा बाल आश्रम निर्माण

add

दमक, २७ पुस । झापा, दमकमा स्थानीय युवाहरुले हाम्रो बाल आश्रम निर्माण गरेका छन् । दमक २ स्थित विभन्न दाताहरुले उपलब्ध गराएको दुई कठ्ठा जमीनमा पक्की आश्रम निर्माण गरिएको आश्रम सञ्चालक समिथितका अध्यक्ष प्रकाश थापाले वताए ।

परिवार नभएका बालबालिकाको आश्रयका लागि आश्रम निर्माण गरिएको हो । शुरुवातमा ९ जना सञ्चालक समितिका युवाहरुले जनही रु १ लाख रुपैयाँ उठाएर आश्रम निर्माण शुरु गरेका हुन् । दुई वर्ष अघि शुरु गरिएको एक तले पक्की आश्रममा हालसम्म रु ४० लाख खर्च भईसकेको अध्यक्ष थापाले वताए ।

आश्रमका सचिव साजन श्रेष्ठका अनुसार सबै पेशा व्यवसायमा संलग्न सहयोगीहरुको आर्थिक सहयोगबाट आश्रम बनाउन सफल भएको हो । आश्रमका लागि स्थानीय कसैले ईटा ,बालुवा, ढुङ्गामा सहयोग गर्नुभयो भने कसैले श्रम नै गरेर सहयोग पुरयाँएको सचिव श्रेष्ठले बताए । त्यस्तै,आश्रम वनाउन सांगीतिक कार्यक्रम, मेला महोत्सवमा राखिएको दान पेटिका र ऋण सापटीका माध्यमबाट निर्माण गरिएको हो ।

आउदो माघबाट सञ्चालनमा आउन उक्त आश्रम २४ जना बालबालिका राख्न सक्ने क्षमताको छ । आश्रम भित्रको व्यवस्थापनका लागि शरणार्थी सम्बन्धी राष्ट्सघंीय उच्चायोग (युएनएचसीआर)ले रु ५ लाख बरावरको भौतिक समाग्री प्रदान गरेको छ । त्यसले बच्चालाई सुत्नका लागि आवासको व्यवस्थापन सहज बनेको आश्रमका अध्यक्ष थापाले बताए । उनले भने , ‘अब आश्रमलाई सञ्चालनको अन्तिम तयारी अवस्थामा छौ ।’ आश्रममा कस्ता बालबालिकाहरु राख्ने भनेर कार्यविधी भने बनेको छैन् । त्यसका लागि तयारी भइरहेको छ । परिवारविहीन भएका विद्यालय जाने उमेरका बालबालिकाहरु राख्ने तयारी थालिएको उनले बताए ।

Facebook Comments