add
साहित्य स्थानीय खबर

लेखिका भगवतीको ‘प्रेमिल’ बारे चर्चा

विर्तामोड, ६ माघ । लेखिका भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को वृहत चर्चा गरिएको छ । विर्तामोडमा शनिबार एक कार्यक्रमको आयोजना गरी लेखिका ढुंगेलको कृति ‘प्रेमिल’ बारे चर्चा गरिएको हो ।

लेखिका ढुंगेल तथा लेट्स रन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लेखिका ढुंगेलको उपन्यास प्रेमिलको चर्चा परिचर्चा सँगै कवि नवराज पराजुलीले आप्mना कविता कार्यक्रममा बाचन गरेका थिए । साहित्यिक फाँटका अग्रजहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सुरज ओलीको प्रमुख आतिथ्य रहेको थियो भने तेजराज खतिवडा तेराखको विशिष्ट आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा कोमलप्रसाद पोखरेल, कुमार खड्का, मात्रिका संग्रौला, प्रेमप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो । प्रेमिलका बारेमा कुमार भट्टराई र तेजराज खतिवडा (तेराख) ले टिप्पणी गरेका थिए । कार्यक्रममा मिना अधिकारी, टिका भट्टराई, प्रेमा भट्टराई र कोमल पोखरेलले आआप्mना रचना बाचन गरेका थिए ।

Facebook Comments