भोजपुर, ८ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।