add
विचित्र विश्व

विद्यालयले निलम्बन गरेपछि विद्यार्थीले गरे यस्तो हर्कत


भारतको बिलासपुरमा एक दर्दनाक घटना भएको छ। ११ कक्षामा अध्यायनरत विद्यार्थीको शव मंगलबार बिहानै उसको घरभन्दा १०० नजिकै शंकास्पद रुपमा शव फेला परेको छ । टाउकोमा चोटको निशान थिए । नाक र मुखबाट रगत बगिरहेको थियो। घरमा उनको सुसाईड नोट फेला परेको थियो ।

जसमा आत्महत्याबारे उल्लेख गरिएको थियो। यसका लागि उनले परिवारसँग माफी पनि मागेका छन्। विद्यार्थीको मृत्यु विष खाएको कारणले हो वा अग्लो स्थानबाट हाम्फालेर भएको हो, थाहा हुन सकेको छैन । तीन दिन पहिला विद्यालयले उनलाई एक अनुशासन कारबाहीमा विद्यालयबाट निलम्बित गरिएको छ। यसका कारण उ दिदी भिजानुको घरमा बस्दै आएको बताइएको छ । आत्महत्याको मुख्य कारण विद्यालयको कारबाहीलाई मानिएको छ ।

अम्बिकापुर निवासी वीके मिश्रा पीएचईका एसडीओ हुन । उनको १६ वर्षीय छोरा आयुष उसलापुरस्थित जैन इन्टरनेशनल विद्यालयमा ११ कक्षाका विद्यार्थी थिए । सरकंडमा उनका भिनाजु अनिल तिवारीको घर छ । उनी नै आयुषका अभिभावक थिए । चार दिन पहिला मात्र आयुषले विद्यालयमा अनुशासन तोडेपछि विद्यालय प्रशासनले उनलाई निलम्बन गरेको थियो ।

उसलाई दिदीभिनाजुको घर पठाइएको थियो। यसपछि उनी दिदी भिनाजुसँग बस्दै आएका थिए। उसलाई ३१ जनवरीमा उसलाई बाबुसँगै विद्यालय आउन भनिएको थियो । सोमबार आयुष भिनाजुको घरबाट बाहिर निस्कियो । यसपछि उ फर्किएर आएन । बिहानै कोलनीको चौकिदारले उसनलाई बगैँचामा देख्यो ।

आयुषको टाउकोमा चोट लागेको थियो र नाक र मुखबाट रगत बगिरहेको थियो। चौकिदारले उसको भिनाजुलाई खबर गरियो । उसका भिनाजुले उसलाई अलोपो अस्पतालमा लगे । यहाँ उसलाई डाक्टरहरुले मृत घोषित गरे। आयुषको मृत्युपछि यो घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी दियो । प्रहरीले शवलाई पोस्टमार्टम गरायो । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या बतार्एको छ । उसका भिनाजुले एक सुसाइड नोट प्रहरीलाई दिएका छन् । नोट आयुषको कोठमा फेला परेको जनाइएको छ । नोटमा आयुषले घरपरिवारसँग माफि मागेका छन् । उनले बहिनीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘आई एम सरी, म बिनाकाम को छु, हरामी छु, यसैले आत्महत्या गर्दै छु। तिमिहरु राम्रोसँग बस्नु । बिहे गर्नु ।’ आयुषको बहिनीको बिहे तय भइसकेको बताइएको छ।

विद्यालयले आयुषले गरेको गल्ति भन्न लायक नभएको जनाएको छ ।एजेन्सी

Facebook Comments