add
स्थानीय खबर

झापामा उपचारको क्रममा १ कैदीको मृत्यु

File photo

झापा, २६ माघ। जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मृत्यु भएको छ ।

जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भएका भद्रपुर नगरपालिका–७ महेशपुर घरभएका २५ बर्षका अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ।

क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रवार साँझ ६ बजे उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा आज बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments