add
विचित्र विश्व

छोरालाई काखमा च्यापेकी आमालाई बचाउँन गएको प्रहरी किन रुँदै घर फर्क्यो ?

कोलम्बियामा एक महिलाले आफ्ना १० वर्षीय छोरा सँगै हाम फालेर आत्महत्या गरेको दृश्य अहिले भाइरल बनेको छ । ऋणमा डुबेकी ति महिलाले अन्ततः आत्महत्याको बाटो रोजेकी थिइन्।

उनी आफ्ना १० वर्षीय छोरालाई काखमा लिएर आत्महत्या गर्न पुलमा पुगेकी थिइन् । प्रहरीले थाहा पाउँने बितिक्कै त्यहाँ गएर उनलाई अपिल गर्यो।

तर, उनको कदम देखेर ति प्रहरीनै रुँदै फर्के। काखमा रहेका छोरा समेत आमालाई हाम नफाल्न गुहार गरिरहेका थिए। अधिकारीहरूका अनुसार ३२ वर्षीया जेसी माउला परुज कु्रजले ऋणदाताले घरबाटै निकालिदिएपछि उनले यस्तो अवस्थामा पुगेकी हुन्। टोलिमास्थित ला भेरेन्टि पुलबाट ३३० फिट गहिराइमा उनले हाम फालेकी थिइन् । एजेन्सी

Facebook Comments