add
समाज

लागूऔषधसहित ४ जना पक्राउ

मोरङ, २८ माघ । मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आइतवार लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१० सन्सारी माईस्थानबाट प्रहरीले आइतवार राती लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने २७ बर्षका विशुन प्रताप साह र सिन्धुली मरिण गाउँपालिका–४ बस्ने २४ बर्षका सुरेश माझीलाई पक्राउ गरेको हो ।

राती साढे ८ बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट–३ हजार ट्याब्लेट फेला परेको थियो । बरामद लागूऔषध सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित तेह्रथुम लालिगुरास नगरपालिका(२ बस्ने २७ बर्षका पुष्प बहादुर खड्कालाई लुपिजेसिक–१८ एम्पुल, डाईजेल्याव–१८ एम्पुल, एभिल–६ एम्पुल, फेनारगन–१८ एम्पुल र सोही नगरपालिका बस्ने २६ बर्षका राम बहादुर गुरूङलाई स्पास्मोप्रोक्सिभोन ट्याब्लेट–८ चक्की र नाईट्रोजन ट्याप्लेट २० चक्की सहित पक्राउ गरेको हो ।

दिउँसो साढे ३ बजे पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments