add
साहित्य

हाँस्य ब्यङ्ग कलाकारहरुको परिचय पुस्तक बिमोचन

झापा, १ फागुन । हाँस्य ब्यङ्ग कलाकारहरुको परिचय पुस्तक ूसेन्स अफ ह्युमर नेपाली सिरिज नेप्लीज कमिक्सू ललितपुरमा बिमोचन भएको छ ।

बरिष्ठ हास्य ब्यङगकार रामकुमार पाँडेले १ बर्ष लगाएर तयार पार्नु भएको २२४ पृष्ठको किताबलाई अँग्रेजीमा प्रकाशान गरिएको छ । पुस्तकमा हास्य ब्यङ्गको ईतिहास र नेपालका पुराना तथा नयाँ पुस्ताका सम्पुर्ण हाँस्य कलाकारहरुको परिचय रहेको छ ।

बरिष्ठ पत्रकार युबराज घिमिरे प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कोरियन राइटर सुसन्ना ली हाँस्य कलाकार किरण केसी लगायत थुप्रै कलाकार साहित्यकारको उपस्थिति थियो । कार्यक्रममा नेपालमा हाँस्ने घरको आवस्यकता र महत्व रहेको भन्दै हाँस्ने घरको परिकल्पनाको अवधारणा बारे हाँस्य कलाकार नक्कली प्रचण्ड घनश्याम गौतमले सबैलाई जानकारी गराएका थिए ।

उक्त अवसरमा कोरियन लेखक सुसन्ना लीद्वारा लिखित बाल पुस्तक ूरमाइलो गर्न के गर्नेू पनि बिमोचन भएको थियो । दुबै पुस्तकको समीक्षा साहित्यकार मित्र बन्धु पौडेलले गर्नु भएको थियो । ट्रेडिसनल पोईट्री राईटर एसोसिएसन अफ द वल्ड नेपाली च्याप्टरले आयोजना गरको कार्यक्रमलाई साहित्यकार शुस्मा मानन्धरले सन्चालन गरेकी थिईन ।

कार्यक्रममा मन्तब्य दिदै प्रमुख अतिथि युबराज घिमिरेलगायत सबैले हाँस्ने घरको आश्यकता र औचित्यको बारेमा प्रष्ट पारेका थिए ।

Facebook Comments