add
मनोरञ्जन

फिल्म ‘बदला’को ट्रेलर रिलिज

शाहरुख खानको कम्पनी रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको अमिताभ बच्चनको फिल्म ‘बदला’को ट्रेलर रिलिज भएको छ ।

सुजोय घोषको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चनसँगै तापसी पन्नु मुख्य भूमिकामा छिन् । यो क्राइम थ्रिलर फिल्मको पोस्टरमा अमिताभ र तापसीको लुक सार्वजनिक गरिएको छ, जसमा ट्यागलाइन दिइएको छ ’माफ गरिदिनु हरेक पटक सही हुँदैन ।’

शाहरुख खानले फिल्मका केही पोस्टरहरु आफ्नो ट्वीटरमा शेयर गर्दै लेखेका छन् ‘अब माहोल केही बदलिएको जस्तो लागेको छ ।’ यो ट्वीटभन्दा अगाडि उनले एक अर्को ट्वीट गर्दै लेखेका थिए ‘बिग बी म तपाइँसँग बदला लिनन आउँदैछु, तयार रहनुहोला ।’

फिल्मलाई शाहरुख र उनकी पत्नी गौरीले रेड चिल्ली इन्टरेटमेन्टमार्फत अजुर इन्टरटेनमेन्टसँग मिलेर निर्माण गरेका हुन् । पिंकपछि यो दोस्रो पटक हो जहाँ अमिताभ बच्चन र तापसी पन्नु एउटै फिल्ममा देखिँदैछन् ।

फिल्म आगामी मार्च ८ मा रिलिज हुनेछ । यो फिल्म स्पेनिश फिल्म कन्ट्राटिएम्पोको अफिशियल रिमेक हो । फिल्ममा तापसी जवान महिलाको भूमिकामा छिन् भने अमिताभ बच्चन वकिलको भूमिकामा छन् ।

फिल्ममा शाहरुख खान तापसीको पतिको भूमिकामा देखिनेछन् जसको शुटिङ उनले फिल्म जीरोको शुटिङपछि गरेका थिए । कहानी र कहानी २ जस्ता सस्पेन्सले भरिएका फिल्मपछि यो फिल्म पनि उस्तै सस्पेन्स हुनेछ । फिल्मको कहानी हत्याको रहस्यको वरिपरि घुम्नेछ ।

Facebook Comments