add
विचार विशेष स्थानीय खबर

मनलाई नोकर बनाउनुस्, मालिक त तपाईं नै बन्नुपर्छः डा. जयप्रकाश अग्रवाल

सान नेपाल

नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशहरुमा अध्यात्म अभियन्ताको रुपमा चर्चित नाम हो डा. जय प्रकास अग्रवाल । दशकौँ देखि आध्यात्मिक जागरण अभियानमा विश्वव्यापी रुपमा देखापर्नु भएका डा. अग्रवाल नेपालीहरुका लागि पनि निकै लोकप्रिय नाम हो ।
हिन्दी, अंग्रेजी, नेपाली, तिब्बतीयन र मारवाडी भाषामा प्रवचन दिन सक्ने अग्रवालको जन्म २००३ सालमा भारतको कालिङ्पोङ्मा भएको हो । स्कोटिस् युनिभर्सिटी मिसन इन्स्टिच्युट दार्जीलिङबाट प्रारम्भिक र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा लिनु भएका अग्रवाल न्योरोलोजी (मेडिकल साइन्स) विषयमा विद्यावारिधी गर्नु भएको हो ।

मेटा फिजिकल अर्थात् अपरा विद्याको विषयमा धारावाहिक प्रवचन दिँदै चर्चाको शिखरमा पुग्नु भएका दार्शनिक व्यक्ति अग्रवाल, अध्यात्म र विज्ञान बीचमा गहिरो सम्बन्ध रहेको पक्षमा बलियो उदाहरण दिँदै विज्ञानलाई अध्यात्मको सानो अंश मात्र भएको बताउनु हुन्छ ।
हामीले पढ्ने र बुभ्mने विज्ञान भनेको भौतिक अस्तित्वमा रहेका विषयहरुको अध्ययन मात्र हो, तर परा विद्या त्यो विषयको अध्ययन हो जसले यो ब्रम्हाण्डभन्दा बाहिरी संसारको बारेमा अनुभूति गर्ने सामथ्र्य राख्दछ । विज्ञानको सिमा समाप्त भएपछि अध्यात्मको कार्य सुरु हुने उहाँको भनाइ छ । संसारमा जती पनि धर्महरु छन् सबै धर्महरुको सारतत्व एउटै छ, मात्र भाषाको कारणले व्याख्यामा फरक रहेको डा. अग्रवाल बताउनुहुन्छ ।

जीवन उपयोगी आध्यात्मिक प्रवचनले स्रोता, दर्शकको ध्यान चुम्बकले झैं आकर्षित गर्न खप्पिस अग्रवालको ज्ञान–विज्ञानयुक्त प्रवचनले युवा वर्गलाई निक्कै उत्साहित बनाएको पाइन्छ । ‘भगवानले हामीलाई अनुपम उपहारको रुपमा मानव शरीर उपहार दिनुभएको छ तर हामी भौतिक सुख भोगको कारण अनुपम खजानाालाई देख्न सकिरहेका छैनौँ’, उहाँ भन्नुहुन्छ ।

डा. अग्रवालले युवालाई आध्यात्मिक मार्गमा आउनको लागि आग्रह मात्र गर्नुभएको छैन, उहाँले प्रस्तुत गर्नु हुने हरेक विचार पश्चात स्रोता र दर्शकहरुमा ठूलो खुल्दुली नै पैदा हुने गरेको पाइन्छ । आमाको कोखमा हुँदा प्रत्येक बच्चाले एउटा निरक्षर नाम जपेको हुन्छ, सर्वसक्तिमान भगवानसँग प्रत्यक्ष सम्वाद गरेर ध्यानमा बसेको हुन्छ, बच्चाको जन्म भएर भौतिक संसारमा आएसँगै बच्चाले आमाको गर्भमा जपेको ज्ञान सबै भुल्दछ, यो तथ्य नै मानव जीवनको लागि सास्वत सत्य ज्ञान हो, गौतम बुद्धले प्राप्त गरेको ज्ञान र भगवान कृष्णले अर्जुनलाई दिनुभएको दिव्य ज्ञान एउटै थियो, तर हिजो आज त्यो अमुल्य ज्ञान कहाँ पाइन्छ खोजी गर्न उहाँले सुझाव दिने गर्नु भएको छ । ‘विद्यार्थी भाइबहिनीहरु तपार्इंलाई कुनै अप्ठ्यारो बुँदा रट्न एक घण्टा पनि लाग्न सक्ला तर दायाँ ब्रेन एक्टिभ गरेर हेर्नुस् तपाईंमा कति क्षमता रहेछ अनुभव गर्न सक्नु हुनेछ’, उहाँले भन्नुभयो ।

झापाको गौरादहमा रहेको गौरादह कृषि क्याम्पसमा गौरादह जेसीसद्वारा आयोजना गरिएको कार्यक्रममा डा. अग्रवालले माइक्रो फोन समातेर पहिलो वाक्यमा यसो भन्नुभयो– ‘बन्धु गण मैलै यस हलभित्र अनगिन्ती विवेकानन्दहरुलाई देखेको छु, भगवानसँग प्रत्यक्ष सम्वाद गर्न सक्ने स्वामी विवेकानन्द जस्तै मैले तपाईंहरुमा पनि त्यो क्षमता देखेको हँु ।’

अग्रवालले युवाहरुलाई प्रश्न गर्दै भन्नुभयो– ‘तपाईं भगवानसँग धेरै कुरा माग्दै आउनु भएको होला तर कहिल्यै दोहोरो कुराकानी गर्न कोसिस गर्नु भयो ? दोहोरो कुराकानी गर्न सकिन्छ र यो सत्य कुरा हो म झुठ बोल्न तपाईंहरु माझ आएको होइन ।’…

उहाँको महान विचार सुन्न भेला भएको भीडबाट एकनासको ताली बजिरहेको बेला अग्रवालले अगाडि भन्नुभयो– ‘तपाईंको मनलाई नोकर बनाउनुस्, मालिक होइन, यदि मनलाई नोकर बनाउने अभ्यास गर्ने इच्छा जागेको भए मेरो खोजी गर्न सक्नु हुनेछ, म तपाईंलाई त्यो सुत्र भन्ने छु, जुन तपाईंको जीवनको टर्निङ पोइन्ट पनि हुन सक्छ ।’मनलाई मालिक बन्न दिएकै कारणबाट मानव शरीरमा तनाव, लोभ, मोह, अहंकार जस्ता हानिकारक तत्वहरुको प्रवेश हुने भएकाले सकारात्मक सोचको विकास गर्न एक मात्र विधि ‘ध्यान’ अर्थात मेडिटेशन महत्वपूर्ण हुने उहाँको निस्कर्ष छ ।
दुई घण्टा लामो उहाँको ज्ञान–विज्ञान युक्त प्रवचन सुने पश्चात गौरादह कृषि क्याम्पसका एक विद्यार्थीले भने– ‘डाक्टर सा’वको विचारले मनमा अनौठो तरंग पैदा ग¥यो, उहाँसँगको छोटो भेटघाटले साँच्चिकै जीवनको टर्निङ पोइन्ट यही हो कि जस्तो भान भएको छ ।’ प्रज्वल कलेजियट एकेडेमीका एक विद्यार्थी ले भने– ‘डाक्टर सा’वले भने जस्तो दायाँ बे्रन एक्टिभ गराउने सुत्रले विद्यार्थीलाई निकै फाइदा गर्ने रहेछ, किन खोजी नगर्ने यो त अति नै आवश्यक कुरा भयो ।’

उहाँको महान विचार सुन्न भेला भएको भीडबाट एकनासको ताली बजिरहेको बेला अग्रवालले अगाडि भन्नुभयो– ‘तपाईंको मनलाई नोकर बनाउनुस्, मालिक होइन, यदि मनलाई नोकर बनाउने अभ्यास गर्ने इच्छा जागेको भए मेरो खोजी गर्न सक्नु हुनेछ, म तपाईंलाई त्यो सुत्र भन्ने छु, जुन तपाईंको जीवनको टर्निङ पोइन्ट पनि हुन सक्छ ।’ मनलाई मालिक बन्न दिएकै कारणबाट मानव शरीरमा तनाव, लोभ, मोह, अहंकार जस्ता हानिकारक तत्वहरुको प्रवेश हुने भएकाले सकारात्मक सोचको विकास गर्न एक मात्र विधि ‘ध्यान’ अर्थात मेडिटेशन महत्वपूर्ण हुने उहाँको निस्कर्ष छ ।
दुई घण्टा लामो उहाँको ज्ञान–विज्ञान युक्त प्रवचन सुने पश्चात गौरादह कृषि क्याम्पसका एक विद्यार्थीले भने– ‘डाक्टर सा’वको विचारले मनमा अनौठो तरंग पैदा ग¥यो, उहाँसँगको छोटो भेटघाटले साँच्चिकै जीवनको टर्निङ पोइन्ट यही हो कि जस्तो भान भएको छ ।’ प्रज्वल कलेजियट एकेडेमीका एक विद्यार्थी ले भने– ‘डाक्टर सा’वले भने जस्तो दायाँ बे्रन एक्टिभ गराउने सुत्रले विद्यार्थीलाई निकै फाइदा गर्ने रहेछ, किन खोजी नगर्ने यो त अति नै आवश्यक कुरा भयो ।’

Facebook Comments