add
विशेष स्थानीय खबर

‘छोरो मार्ने धम्की’पछि झापाका खतिवडा सुरक्षाका लागि भारतको सिलिगुढीमा

भद्रपुर, ३ फागुन । १८ वर्षयता भद्रपुरमा रहेर शिक्षण गरिरहेका इन्द्रबहादुर खतिवडा एकाएक परिवारसहित गायब भएपछि निकै चर्चाको विषय बनियो ।

एमरल्ड एकाडेमी तथा मुनाल एकाडेमी भद्रपुरको प्रिन्सिपलको जिम्मेवारीमा रहेका खतिवडा बिना जानकारी एकाएक हराएपछि संस्थागत नेतृत्वमा समेत प्रश्न उठेको थियो । मंसीर अन्तिम साताबाट हराएका खतिवडा हराउनुको कारण भने आफ्नो १० वर्षीय छोरो आविष्कारलाई अपहरण र फिरौती माग गर्ने समूहको त्रास भएको रहस्य खोलेका छन् ।

उनी भारतको सिलगढी पुगेर सुरक्षासरणमा रहेपछि आफूले काम गर्दै गरेका संस्थालाई जानकारी दिन नपाइ हिँड्नु परेको भेद खोलेका हुन् । नृत्यमा अब्बल रहेको आविष्कारले विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रि नृत्य प्रतियोगितामा विजय हासिल गर्न थालेपछि विभिन्न महोत्सव र कार्यक्रममा माग बढ्न थालेको थियो ।

छोराको प्रगति र बाबुको पहिचानबाट आर्थिक फाइदा लिन खोज्ने तत्वले म्यासेन्जरको सहयोगमा बारम्बर १० लाख रुपैयाँ माग्न थालेपछि एक पटक २ लाख बुझाएको खतिवडाले बताएका छन् ।

भद्रपुर–३ ज्ञाने चौकमा बस्दै आएका खतिवडाबाट फिरौती रकम लिने समूहले उनलाई १० लाख रुपैयाँ नदिए छोरो मार्ने धम्की दिएपछि सोही दिन भाग्नु परेको विज्ञप्तिमा उल्लेख गरेका छन् । खतिवडा गायब भएपछि रकम हिनामिनाको चर्चा चलेको थियो । तर, रकमबारे अहिलेसम्म कसैले माग दाबी भने गरेका छैनन् ।

Facebook Comments