add
मनोरञ्जन

नेपाली बालक आयुष सारेगमपाको शीर्ष १५ मा पर्न सफल

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपाली १२ बर्षका आयुष केसी शीर्ष १५मा पर्न सफल भएका छन् ।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने आयुश पुरा भारत र नेपाल सहित विश्वभरि नै चर्चामा छन् । अहिले जी टिभीले रिलिज गरेको प्रोमो र आयुशको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ ।

नेपालमै २ बर्ष अगाडि प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’मा प्रथम भएका आयुषको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ ।

सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।

सारेगमपामा रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि शीर्ष १५मा छनौट भईसकेका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो ।

सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।

‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ र ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका थिए ।

Facebook Comments