भद्रपुर, ३ फागुन । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा सम्पन्न अन्र्तर कक्षा छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्ट कक्षा १२ ले जित्न सफल भएको छ ।
वार्षिक खेल तालिका अन्र्तगत ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रातर्फ कक्षा १२ विज्ञान संकायले उपाधि उचाल्न सफल भयो भने व्यवस्थापन संकाय कक्षा ११ उपविजेतामा चित्त बुझाउन बाध्य भयो । यस्तै छात्रतर्फ व्यवस्थापन कक्षा ११ उपविजेतामा सिमित बन्दै खेल सम्पन्न भएको हो ।
विजेता टिमलाई संस्थापक सदस्य प्रा. डा. पृथ्वीविक्रम राई तथा प्रा. तिलक प्याकुरेलले सम्युक्त रूपमा नगद सहित शिल्ड प्रदान गरेका थिए । प्रतियोगितामा छात्र तथा छात्रा गरी ८ वटा टिमले भाग लिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।