सुनसरी, ४ फागुन । सुनसरी ईटहरी उप(महानगरपालिका -१६ सरस्वति निम्न माध्यमिक बियालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा बिबाद भई चक्कु प्रहार गर्दा २ जना घाईते भएका छन ।
शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १६ को हिमाल बस्नेत लगायत ४ जना र ईटहरी (१० बस्ने बर्ष १६ को अनिस राई लगायत अ। ४र५ जना बिच फुडबल को निहुमा बिबाद भई चक्कु प्रहार गर्दा हिमाल बस्नेत को दाहिने हात को औला चोट लाग्नुका साथै अनिस राई को दाहिने पेटमा चक्कुले लागेको थियो ।
हिमाल बस्नेत लाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ भने अनिसको वी।पी। कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपाचार भईरहेको छ साथै फरार रहेका अन्य ब्यक्तीहरुको खोजतलाश भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।