add
मनोरञ्जन

पशुपतिको सपोर्टमा यस्तो छ दिपक र माग्ने बुढाले लेखेको गीत

केही दिनदेखि एउटा गीत निकै चर्चामा छ। त्यो हो गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोक गीत।

गीत रिलिज भएको २४ घण्टा नपुग्दै युट्यूबको ट्रेन्डिङ नम्बर १० मा पुगेको थियो। सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आक्रोश पोखेपछि गीत युट्यूवबाट हटाइएको थियो।

यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। कसै कसैले त पञ्चायतकाल फर्केको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका छन्। यस्तैमा कलाकारहरुले समेत यसको बिरोध गरेका छन्।

निर्माता तथा अभिनेता दिपकराज गिरीले आफ्नो फेसबुकमा यही गीतलाई बंग्याएर यसको बिरोध गरेका छन्। उनले लेखेका छन्, ‘लुट्न सम्म लुट कान्छा लुट्न सम्म लुट धेरै बोले कारवाही हुन्छ चुपलागेर सुत…गुड नाइट’ ।

त्यस्तै हास्य कलाकार केदार घिमिरेले पनि आफ्नो फेसबुकमा गीत लेखेर सरकारलाई नै व्यंग्य गरेका छन्। उनले लेखेका छन्, ‘ लुट्न सके लुट कान्छा लुट्न सके लुट्। लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट ।। कलियुग लागेपछि उल्टो बग्छ खोलो। पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो ।।

त्यस्तै उनले फेरि एक अर्को स्टाटस लेखेका छन्। जसमा उनले लेखेका छन्, ‘बम निकाल्नेलाई केही गर्न नसकेको झोकमा एल्बम निकाल्ने परेछ ।’

यस गीतलाई धेरै तीरबाट दवाब आएपछि गायक पशुपति शर्माले नै एउटा लामो स्टाटस लेख्दै गीतलाई परिमार्जन गरेर ल्याउने भन्दै युट्यूवबाट हटाएका थिए।

Facebook Comments