add
साहित्य स्थानीय खबर

कृएटिभ नेप्लिज युथ क्लब गौरादह शाखाको १ दिने नगर स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न

गौरादह, ११ फागुन । सामाजिक कार्यमा सकृय सहभागिता जनाउदै आएको कृएटिभ नेप्लिज युथ क्लब गौरादह शाखाको आयोजनामा १ दिने नगर स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

गौरादह १ मा रहेको गोल्डेन सनराइज मा.वि.मा सम्पन्न भएको कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १४ वटा विद्यालयको सहभागिता रहेको थियो । अग्नी मनमाया स्मृतिकोष गौरादह ३ र वार्ड नं. १ वडा सदस्य कोमल ढुंगानाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको बताईएको छ ।

कार्यक्रममा गोल्डेन सनराइज मा.वी. प्रथम, माउन्ट एभरेष्ट मा.वी. द्वितिय, प्रगति मा.वी. तृतिय र कन्चनजंघा मा. वी. ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र, कप वितरण गरेका थिए । यसैगरी सहभागी सबै विद्यार्थीहरुलाइ प्रमाण पत्र वितरण गरिएको क्रिएटिभ नेप्लीज युथका संयोजक तथा कार्यक्रमका सभापति पुजन भट्टराईले वताए ।

Facebook Comments