add
साहित्य स्थानीय खबर

हिमाली इजुकेशन फाउण्डेशनको १२ औं वार्षिकोत्सव सम्पन्न

बिर्तामोड १९ फागुन । झापा अर्जुनधारा–६ को हिमाली इजुकेशन फाउण्डेशनले १२ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

बिद्यार्थीहरुले बिद्यालयमा आइतवार सांस्कृति कार्यक्रमसहित कविता वाचन, फेशन सो, नाटक, निबन्ध, मार्सल आर्ट लगायतका कार्यक्रमहरु प्रस्तुत गर्दै बार्षिक उत्सव मनाएका हुन् ।

बिद्यालयले बार्षिक उत्सवको अवसर पारेर नृत्य प्रशिक्षक राज सुव्वा र शिक्षिका सुमित्रा गुरुङलाई नगदसहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ ।

बिद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत बिद्यालयकी प्रधानाध्यापक शान्ता गिरीले गरेको कार्यक्रममा अर्जुनधारा नगर प्याव्सन अध्यक्ष रुद्र सिटौला, नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, महिला मुक्ति अभियान प्रदेश नं. १ की अध्यक्ष राधा सुव्वाको विशिष्ठ आतिथ्यता रहेको थियो ।

२०६३ सालमा स्थापना भएको कक्षा ८ सम्म अध्यापन हुने बिद्यालयमा ४ सय ८० जना बिद्यार्थी रहेका छन् भने २३ जना शिक्षकशिक्षिका रहेको प्रधानाध्यापक गिरीले बताइन् । कार्यक्रमको सञ्चालन बिद्यालयका संयोजक वासुदेव वराल र शिक्षक विशाल गिरीले संयुक्त रुपमा गरेका थिए ।

Facebook Comments