add
विचार विशेष

नक्कली प्रचण्डले सिके राउत माथी यसरी आक्रोश पोखेः प्रधानमन्त्री ओलीलाई खुलापत्र

घनश्याम गौतम (कलाकार)

म आगो सहन्छु अन्याय सहन्न
तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सह
न्न
यी गीतका शब्दहरुले आज मलाई लेख्न बाध्य बनायो । म अरु राजनितिक विषयमा खासै बोल्दिन र म कुनै पार्टीको सदस्य पनि होइन । म एक राष्ट्रप्रेमी नेपाली हुँ र यो देशको एक कलाकार ।

जब–जब देश र राष्ट्रको नाममा आँच आउने कुरा सुन्छ, देशको हित विपरीत कुरा सुन्छ मेरो रगत उम्लिएर आउँछ, मेरो मुटु बेस्सरी धड्कन्छ । र, एक्लै शिरुपाते खुकुरी नचाएर लड्न जाउ जस्तो लाग्छ । थाहा छैन किन फेरि यस्तै भएको छ । म आज प्रधानमन्त्री ओलीज्युलाई एक खुल्ला पत्र लेख्दै छु ।

श्री सम्माननिय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू
नेपाल सरकार

तपाईंलाई सम्बोधन गरेर आज म आफ्ना भावना हरु पोख्दै छु । साँच्चै गोपाल योन्जनले गाएको गीत ‘म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो…’ यो गीति बज्दा हामी नेपालीहरु गर्व गर्छौ हामी नेपाली भएकोमा ।

हामीलाई आफ्नो ज्यान भन्दा प्यारो यो राष्ट्र भूमिमा कसैले आँखा गाड्दै छ र यो अखण्ड नेपाललाई टुक्र्याउन खोज्दैछ र यो हामी कदापी सहने छैनौ । हुन दिने छैनौँ । धेरै बर्षदेखि भारतको ईशारामा सञ्चालित एजेन्ट सिके राउत मधेसका नेपाली दाजुभाईलाई भड्काएर स्वतन्त्र मधेशको नाउमा नारा लाएर… देश र राष्ट्र विरोधि गतिविधिमा संंलग्न मात्र नभर्इ त्यसको नेतृत्व गरिरहेको देशद्रोही व्यक्तिलाई देश द्रोही घोषणा गरेर कडा भन्दा कडा कारवाही गर्नुपर्ने ठाउँमा ! दुई तिहाई मत भएको कम्युनिष्ट सरकारले जेल मुक्त गरी स–सम्मान उसलाई यो देशमा चलखेल गर्न अनुमति दिएको छ ।

सरकारले ११ बुँदे सहमती गरेको भोलि पल्टै स्वतन्त्र मधेश र एसियाको नयाँ देश मधेश भनेर ब्यानर पम्प्लेटमा लेखेर खुलेआम र्याली र सभा गर्दै हिँड्दा पनि के हेरिरहेको छ सरकार । हामी अभाब सहन्छौ, मुल्यबृद्धि सहन्छौ, नाका बन्दी सहन्छौ तर हाम्रो देशलाई कुनै विदेशी दलालहरुले टुक्राउन खोज्छ भने हाम्रो तराई मधेशलाई, अलग राख्न खोज्छ भने हामी कोही नेपाली पनि चुप लागेर बस्न सक्दैनौँ ।

पटक–पटक नेपाल आमालाई गाली गर्ने । नेपाली माटो लाई थुक्ने, र नेपाल बाट मधेश अलग्याउछु भन्दै खुलेआम चुनौती दिँदा पनि अहिले कुन चलखेलबाट सिके राउत जस्तो भाइरसलाई माफी दिएर तराइमा आगो सल्काउन पठाइयो…? यदि साँच्चै सिके राउतले देशलाई माया गर्थ्यो भने खै त उसले देशप्रति आत्मालोचना गरेर माफी मागेको ? खोइ त अखण्ड नेपालको पक्षमा नारालाएको ? खोइ त नेपाली चरित्र देखाएको ?

नेपाल माथी ठुलो षड्यन्त्र हुँदैछ यस्ता देशद्रोहीहरुलाई माफी दियो भने हाम्रो स्वभीमान र राष्ट्रियता चाँडै खतरामा पर्ने निशिचत छ । सरकारको यो निर्णयले करोडौँ नेपालीको शिर झुकाएको छ । अब हामी कसरी भन्न सक्छौ कि ‘म झुक्दै नझुक्ने नेपालको छोरो… म झुक्दै नझुक्ने नेपालको छोरो…’ ।

म ओली सरकारलाई भन्न चाहान्छु यदि राष्ट्रलाई जोगाउने हो भने अखण्ड नेपाल बचाइ राख्न चाहाने हो भने देशद्रोही सिके राउत लगायत देश बिरोधी गतिविधि गर्ने सबै राज्यद्रोहीहरुलाई जेल हालियोस् र मधेशमा हाम्रा नेपाली मधेशी दाजु भाईको हित विपरीत कार्य गर्ने र सद्भाव भड्काउने सबैलाई कडा कारबाही गरियोस् । हामी जे जस्तो भए पनि स्वभिमानी भएर बाँच्न चाहान्छौ । नेपाली भएर बाँच्न चाहान्छौ । राष्ट्रवादी नेता भनेर नै तपाई केपी ओलीलाई जनताले मन पराएका हुन् तर यस्तो राष्ट्रहित विपरीत निर्णयले यो सरकारनै ढल्ने दिन नआओस् । तपाईं प्रधानमन्त्री के पी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका देउबा लगायत सबै नेताहरुमा चाँडै नेपालको हितमा निर्णय गर्न सक्ने बुद्धि आओस र अन्त्यमा ५ वर्ष ढुक्कले सरकार चालाउन लाइसेन्स दिएका जनताको भावनाको कदर गर्नुस ओली ज्यू
सिके राउतलाई कार्वाही गर…. अखण्ड नेपाल जीन्दाबाद…
स्वभिमानको रक्षा गर । जय राष्ट्र र जय राष्ट्रियता । जय देश जय स्वाभिमान ।
घनश्याम गौतम

Facebook Comments