add
साहित्य स्थानीय खबर

झापामा भाषा–साहित्यको संरक्षणका लागि सुझाव संकलन

बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडमा भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि सुझाव संकलन गरिएको छ ।

प्रदेश नम्बर–१ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यदलले सोमबार झापाका साहित्य, कला, संस्कृति लगायतका क्षेत्रमा अग्रज तथा युवाहरुसँग सुझाव संकलन गरेको हो ।

कार्यदलका संयोजक प्राध्यापक डाक्टर टंकमणि न्यौपानेले विभिन्न चार वटा समूह बनाई छलफल गरिएको बताउनुभयो । ‘सुझाव प्रतिवेदनका रुपमा समेटेर प्रदेश सरकारलाई बुझाइने छ’, उहाँले भन्नुभयो ।

सहभागीहरुले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि अब बन्ने कानूनमा समेट्नु पर्ने विषयवस्तु, प्रदेशका भाषा, कला र साहित्य सम्बन्धीको उन्नयनका लागि अपनाउनु पर्ने नीति, ऐनमा समेट्नु पर्ने विषयवस्तु लगायतका विषयमा सुझाव दिएका छन् ।

Facebook Comments