add
स्थानीय खबर

अबैध काठसहित पिकअप र मोटरसाइकल नियन्त्रणमा

फागुन २९, बुधबारे । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरीङ खोलाबाट गएराती (मंगलबार ) इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करीब २९.९२ क्यू फिट अबैध रुपमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सरुवा जातको गोलिया काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरिक्षक कृष्ण हुँमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राती १२ बजेतिर उक्त गोलिया काठ सहित काठ बोकिएको बा १३ च ५९७८ नम्बरको पिक अप र मे २ प ६२७१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको काठ, पिकअप र मोटरसाइकल जिल्ला बन कार्यालय झापाको जिम्मा लगाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । तस्करीमा संग्लन भने फरार रहेको र उनीहरुको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ । पछिल्लो समय बिरीङ खोला क्षेत्रबाट अबैध काठ तस्करी बढी रहेको छ ।

Facebook Comments