add
राजनीति स्थानीय खबर

सभापति देउवाद्वारा झापाका तीन नेता–कार्यकर्ताप्रति समवेदना व्यक्त

बिर्तामोड, ३० फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले बुधबार झापाका तीन नेता–कार्यकर्ताको घरमै गएर समवेदना व्यक्त गर्नुभएको छ ।

सभापति शेरवहादुर देउवा, महामन्त्री सशांक कोइरालासहित केन्द्रीय सदस्य र सभाषदहरुको टोलीले दिवंगत नेता–कार्यकर्ताको घरमै गएर समवेदना व्यक्त गर्नुभएको हो ।

कांग्रेसका अग्रज नेता तथा पूर्वसांसद जितबहादुर पुरी, कांग्रेस झापाका सल्लाहकार छत्रबहादुर गिरीकी श्रीमती सुनिता गिरी, कांग्रेस झापाका पूर्वसदस्य ढुण्डिराज घिमिरे, जनआन्दोलनका घाइते धुलाबारी निवासी धनकाजी खत्रीकी आमा नन्दकुमारी खत्रीको निधनपछि परिवारसँग समवेदना बाँड्न कांग्रेस केन्द्रीय समितिको टोली झापा आएको हो ।

शोक समवेदना प्रकट गर्ने क्रममा नेता जितबहादुर पुरीको राजनीतिक योगदान र उहाँले प्रजातान्त्रिक आन्दोलनमा खेल्नुभएको भूमिकाका बारे कांग्रेस महामन्त्री सशांक कोइरालाले मन्तव्य राख्नुभएको थियो ।

टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, विमलेन्द्र निधि, प्रमुख सचेतक सरिता प्रसाईं, सभाषदद्वय महेन्द्रा सुब्बा, ओम सरावगी लगायतको सहभागिता रहेको थियो ।

नेता–कार्यकर्ताको घरमा कांग्रेस झापाका सभापति उद्वव थापाले समवेदना पत्र वाचन गर्नुभएको कार्यक्रममा सभापति देउवाले शोकपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments