add
विशेष स्थानीय खबर

रेडक्रस झापा सभापति ढकाललाई मानवीय सेवा सम्मान

कनकाई, ३० फागुन । चुडाल बन्धु कल्याण केन्द्रीय समितिले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई विशेष सम्मान गरेको छ ।

समितिले ११ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा ढकाललाई सम्मान गरेको हो । समितिले साधारण सभाको अवसरमा हरेक वर्ष छुट्टा छुट्टै विधामा एकजना सामाजिक क्षेत्रका अगुवा व्यक्तित्वलाई विशेष सम्मान गर्दै आएको छ ।

लामो समयदेखि मानवीय सेवामा समर्पित रेडक्रसकर्मी लोकराज ढकाललाई समितिका केन्द्रीय अध्यक्ष गोपाल चुडालले दोसल्ला ओढाएर नगद रू १० हजारसहित सम्मान पत्रका साथ सम्मान गरिएको हो । स्व. हिमादेवी चुडाल अक्षयकोषवाट सम्मान गरिएको जनाइएको छ ।

सम्मानकै क्रममा काठमाडौँ क्षेत्रीय समितिका तर्फवाट चुडाल बन्धुका छोराछोरीहरु मध्ये गत वर्षको एसईई परीक्षामा नेपाल पुलिस सेकेन्डरी स्कूल काभ्रे बनेपावाट वन्धुहरु मध्येमा सवै भन्दा बढी अंक ल्याउँने झापा विर्तामोड ४ निवासी पशुपति र मनिता चुडालका सुपुत्र अभिषेक चुडाललाई नगद रु.५ हजार सहित सम्मान पत्रका साथ सम्मान गरिएको छ । त्यस्तै छात्रा तर्फको पुरस्कार स्व.भक्तमाया चुडालको स्मृत्तिमा छोरी शान्ता चुडाल खरेलले वालकल्याण आवासीय मावि विर्तामोडवाट गत वर्षको एसईईमा सवैभन्दा वढी अंक ल्याउँने अर्जुनधारा ६ निवासी भानुभक्त र तारादेवी चुडालकी सुपुत्री सुजता चुडाललाई नगद रु.४ हजार सहित सम्मान पत्रले सम्मान गरेकी छन् ।

त्यस्तै स्व.हिमादेवी चुडाल अक्षयकोषबाट लामो समयदेखि आमाबुबा र सासु ससुरालाई स्याहार गर्ने असल छोरीका रुपमा बिर्तामोड–७ गरामनीकी तारादेवी चुडाल र असल बुहारीतर्फ हल्दिबारी–४ जलथलकी दिपा चुडाललाई नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै, जगमाया चुडाल शिवाकोटीद्वारा आफ्ना पितामाता श्रीप्रसाद र जसोदा चुडालको स्मृत्तिमा स्थापना गरेको अक्षयकोषवाट मेचीनगर वडा नं.७ निवासी एकल महिला ठगमाया चुडाललाई नगद रु.५ हजार सहित सम्मान गरिएको छ ।

चुडाल वन्धु कल्याण समितिको स्थापनाकालदेखि हालसम्म पनि महत्वपूर्ण योगदान दिने बिर्तामोड निवासी निवर्तमान उपाध्यक्ष श्रीकृष्ण चुडाल र इटहरी निवासी कृष्णप्रसाद चुडाललाई समेत विशेष सम्मान गरिएको समिति अन्तर्गतको आमाबुबा कोषका संयोजक प्रेमप्रसाद चुडालले वताएका छन् ।

साधारणसभावाट आगामी कार्यकालका लागि समाजसेवी विष्णुप्रसाद चुडालको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

Facebook Comments