add
विशेष स्थानीय खबर

अब गलत गर्ने प्रहरीले उन्मुक्ति पाउँदैनः प्रहरी महानिरीक्षक खनाल

सन्तोष शर्मा
बनियानी, ३० फागुन
। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत गर्ने प्रहरीले अब उन्मुक्ति नपाउने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ अन्तरगतको दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरीमा अब राम्रो जनशक्ति मात्र रहने बताउनुभयो । ‘प्रहरीले लिने–दिने काम छाड्नु पर्छ’, उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी विगतका त्रुटी सच्याएर अगाडि बढेको छ, अब प्रहरीमाथि शंका नगर्न म आग्रह गर्छु ।’

भएको स्रोत र साधनको उच्चतम् प्रयोग गरेर नेपाल प्रहरीले काम गरिरहेको उहाँले बताउनुभयो । प्रविधि र जनशक्ति अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको बताउँदै उहाँले भएकै स्रोत–साधनको उच्चतम् प्रयोग गरेर नतिजामुखी काम गर्न मातहतका प्रहरीलाई निर्देशनसमेत दिनुभयो । उहाँले प्रहरीलाई जवाफदेही बनाउन तीन÷तीन महिनामा सार्वजनिक सुनुवाई गरिने बताउनुभयो ।

उहाँले अब विकास निर्माणको काममा कसैले बाधा पु¥याउन नसक्नेसमेत बताउनुभयो । ‘दादागिरी गरेर विकास निर्माणमा बाधा पु¥याउनेलाई छाडिन्न’, उहाँले भन्नभुयो, ‘त्यस्ता विकासविरोधी तत्वलाई छाडिन्न, प्रहरीलाई खबर गर्नुहोस् ।’

शान्ति–सुरक्षाका लागि नेपाल प्रहरीले मात्र सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसैले मैले समुदाय–प्रहरी साझेदारीको अवधारणा अघि सारेको हुँ, समुदायसँगको सहकार्यमा मात्र समाजमा शान्ति–सुरक्षा स्थापित हुन्छ ।’ त्यसका लागि ७४८ स्थानीय तहसँग सम्झौता समेत गरिसकिएको र बाँकी स्थानीय तहमा चाँडै गरिने बताउनुभयो ।

विभिन्न अध्ययनले समाजमा ९८ प्रतिशत सज्जन मानिस र २ प्रतिशत गतल मानसिकता भएको मानिस रहेको देखाएको उहाँले बताउनुभयो । ‘न्यून मात्रामा गलत मानसिकताका मानिस समाजमा छन्, त्यसमा पनि कतिपय बाध्यताका कारण गलत क्रियाकलापमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘बाध्यतामा परेकालाई समाजमा पुनस्र्थापित गर्ने र पूर्ण रुपमा अपराधमा लागेकालाई कडा काबारही गरिन आवश्यक छ ।’

सामाजिक सञ्जाल नियन्त्रण र नियमनका लागि साइबर कन्ट्रोल ब्यूरो र मानव बेचबिखन निन्त्रयण गर्न मानव बेचबिखन नियन्त्रण ब्यूरो समेत स्थापना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, लागु औषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘भविष्यका कर्णधारहरु अहिले लागुऔषधिको कुलतमा फसेँका छन्’, महानिरीक्षक खनालले भन्नुभयो, ‘समाज निर्माणको आधार नै समाजमा दुःखको कारण बनेको छ, उनीहरुलाई समाजमा पुनस्र्थापित गर्न विभिन्न कार्यक्रम ल्याइएको छ ।’

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरीलाई प्रदेश ट्राफिक प्रहरी कार्यालयले रू ३५ लाख बराबरको मोटरसाइक, ब्रेथलाइजर, ह्वील कल १०÷१० प्रदान गरिएको छ । त्यस्तै, ६ जना चालक र सह–चाकललाई चालक पोशाकसमेत प्रदान गरिएको थियो ।

कार्यक्रम अन्तरगत ७०० चालक, सह–चालकलाई चालक पोशाक प्रदान गरिने छ ।
त्यस्तै, प्रमुख अतिथि प्रहरी महानिरीक्षक खनालले जिल्ला ट्राफिक प्रहरी कार्यालयको डिजिटल प्रविधिद्वारा भवनको शिलान्यास गर्नु भएको छ ।

बिर्तामोड नगरपालिकाले उपलब्ध गराएको ६ कठ्ठा जग्गामा सुविधा सम्पन्न ३ तले भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि प्रदेश नं. १ सरकारले रू २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो ।

Facebook Comments