add
विचार विशेष स्थानीय खबर

केही सपना अधुरै छन्, म पुनः उम्मेदवार भएको छुः बाबुराम भण्डारी

गौरादह नगरपालिका भित्र साविक गौरादह, महारानी झोडा डोरामारी, चान्दु सिमसार क्षेत्र र जुरोपानी गरी ४ वटा खानेपानी वितरण तथा सरसफाई उपभोक्ता समितिहरु रहेका छन् । यसमध्ये साविक गौरादहलाई लक्षित गरेर सञ्चानलमा रहेको गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समिति बाट मात्र सेवा ग्राहीलाई सेवा उपलब्ध भइरहेको छ ।

बाँकी स्थानमा निर्माण भइरहेका खानेपानी ट्यांकीहरु कहिले सञ्चालनमा आउँछन् भन्न सकिने अवस्था देखिदैन । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बाबुराम भण्डारी सबै वितरण केन्द्रहरुलाई एकिकृत वितरण केन्द्रको रुपमा विकसित गर्दै लैजानु पर्ने बताउनु हुन्छ ।

गौरादह खानेपानीमा नयाँ कार्यकालको लागि यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समूह र प्रगतिशिल समूह बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रगतिशील समूहले प्यानल घोषणा गरेर अगाडि बढ्ने तयारी गरेको छ भने लोकतान्त्रिक समुहमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच गठबन्धन हुने देखिएको छ । प्रजातान्त्रिक समूहबाट वर्तमान अध्यक्ष भण्डारी स्वयम् अध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने सचिवमा राप्रपाका देवेन्द्र खड्काको उम्मेद्वारी पर्ने निश्चित भएको बताइएको छ । प्रस्तुत छ, अध्यक्षका प्रत्यासी उम्मेद्धार बाबुराम भण्डारीले झापा अनलाईनका लागि पत्रकार सान नेपालसँग गर्नुभएको कुराकानीः

दोस्रो कार्यकालको लागि अध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईंले पुनः उम्मेद्वारी दिनुपर्ने आश्यकता किन प¥यो ?
गौरादह खानेपानीको स्थापना भएको धेरै समय बितिसकेको छ । मैले अध्यक्ष भएर एक कार्यकाल पूरा गरेको छु । मैले अध्यक्ष भएर कार्यभार सम्हालिरहँदा गौरादहको कायापलट भयो त भन्न मिल्दैन तर पनि विशेष रुपमा सञ्चालित योजनाहरुको निरन्तरता दिन सकेमा साविक गौरादबासीलाई पर्याप्त मात्रामा खानेपानी सुविधा उपलब्ध गराउन सकिने कुरामा दुईमत छैन ।
मेरो कार्यकालमा गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निकै कोल्टे फेरेको अनुभव गरेको छु । गौरादहबासीलाई शुद्ध खानेपानी पर्याप्त रुपमा वितरण गर्नको लागी विगतका दिनहरुमा सुरु गरिएका महत्वपूर्ण कार्यहरुलाई प्राथमिकता साथ अगाडी बढाउनको लागी मलाई थप एक कार्यकालको आवस्यकता परेको छ । अधुरा कार्यहरु लाई पुर्णता दिनको लागी पनि मेरो उम्मेद्धारीको आवस्यकता हो भन्ने मलाई लाग्छ ।

तपाँइको पछिल्लो कार्यकाल निकै चुनौती पुर्ण रहेको देखिन्छ, अध्यक्ष भएर कार्य गर्दा के कस्ता चुनौतीको सामना गर्नु प¥यो ?
विकास निर्माणमा समन्वयको अभावले पाइपलाईन विस्तार गर्न समस्या छ । तुरुन्तै अर्को ट्यांकी सञ्चालन गर्नु छ । ट्यांकी सञ्चालन गर्नको लागी फिल्टरको आवस्यकता छ, हामी संग फिल्टरको अभाव छ । नयाँ बोरिङ् जडान गर्नु पर्ने भएको छ । खानेपानीका सम्पूर्ण प्यारामिटरहरुलाई तथ्यगत रुपमा राख्नुपर्ने एउटा महत्वपूर्ण चुनौती रहेको छ । क्लोरिन टेस्ट, टर्मिटी टेस्ट, टेम्प्रेचर टेस्ट, क्लोरिर्पmम टेस्ट आदी कार्यहरु अत्यन्तै चुनौतीपुर्ण रहेकाछन् । आकारका हिसावले पहिले जडान गरिएका खानेपानी वितरणका पाईपहरु धेरै साना छन् । पानीको मात्रा बढाएर पठाउनको लागी साना साइजका सवै पाईपहरु हटाएर नयाँ पाईप जडान गर्नु पर्ने हुन्छ । नत्र पानीको भोल्युम वढाएर पठाउन प्राविधिक रुपमा कठिनाइ रहन्छ ।

प्राविधिक समस्याहरु धेरै रहेछन् । समस्या समाधान गर्नको लागि के गर्नु पर्ला ?
आर्थिक रुपमा गौरादह खानेपानी सम्पन्न छ । म अध्यक्ष भएर गौरादह खानेपानीमा आउँदा समिति घाटामा थियो । अहिले हामी संग १ करोड ५० लाख नगर मौज्दात छ । समितिलाई आर्थिक रुपमा बलियो बनाउन सकियो । संघिय तथा प्रदेश सरकार संग समन्वय गरेर आगामी कार्यक्रमहरुलाई क्रमिक रुपमा अगाडी बढाउने योजनाहरु छन् । अभियानको नेतृत्व गर्दै यहाँ सम्म सफलता पुर्वक आउन सकियो । क्रमिक रुपमा सवै समस्याहरु समाधान गर्दै गौरादहबासीलाई शुद्ध र पर्याप्त खानेपानी सुविधा पु¥याउनु नै हाम्रो मुल लक्ष हो ।

तपाईंको विगतको कार्यकालमा अझ प्रभावकारी काम गर्न सकिने थियो भन्ने लाग्दैन ?
प्रभावकारी भएन भन्ने कुरा होइन । रात दिन मेहनत गरेर दुई वटा ट्यांकी निर्माण गरिएका छन् । १० हजार मिटर पाइप उपलब्ध गराउन सकिएको खण्डमा साविक गौरादह गाविसका सम्पूर्ण घरहरुमा खानेपानीको सुविधा पु¥याउन सकिने कुरामा कुनै संका छैन । कामलाई गतिशिलता दिनको लागी इच्छा सक्ति मात्र भएर नहुने रहेछ । राजनितिक रुपमा भिन्न विचार भएका साथीहरु संग मिलेर काम गर्न निकै कष्टप्रद हुने रहेछ । अल्पमतको रुपमा अध्यक्ष भएर काम गर्नु पर्दा सोचे जस्तो सजिलो रहेन । हुने र गर्नै पर्ने कामको लागी पनि साथीहरु रिझाउन महिनौ लाग्ने परिस्थिती निकै दुर्भाग्यपूर्ण रह्यो । यद्यपी अहिले कार्यालयमा कम्प्युटर सिस्टमको विकास भएको छ । सम्पूर्ण डाटा इन्ट्री गरेर कम्प्युटर विलिङ प्रणालीको शुरुवात गरिनुलाई गौरादहको खानेपानीले ठुलै फड्को मारेको कुरामा दुई मत नहोला । त्यसै गरी दैनिक महशुल उठाउने कार्यको शुरुवात भएको छ, जसबाट सेवाग्राहीलाई थप सेवा उपलब्ध भएको छ । ई–बिलिङ सेवाको लागी कार्य अघी बढिसकेको छ, इ–विलिङ् सेवा सञ्चालनमा आएमा घरमै बसी बसी मोवाइलबाटै विल भुक्तानी गर्न सकिन्छ । केही महिना भित्र बाटै उक्त सेवा सञ्चालनमा आउने जानकारी गराउन चाहान्छु ।

गौरादह खानेपानीका सम्भावनाहरु के कस्ता छन् ?
सर्वप्रथम त हामी आर्थिक रुपमा सम्पन्न हुनु पर्यो विना लोडसेडिङ २४ सै घण्टा खानेपानीको निरन्तर सेवा पु¥याउन सक्नु आपैmँमा महत्वपूर्ण उपलब्धि हो । गौरादहको खानेपानी लाई नमुना खानेपानी बनाउन सकिन्छ । गौरादहबासीहरु खानेपानीको वितरणमा सन्तुष्ट छन् भन्ने एउटा कुरा अवस्य हो । यो कसरी बुभ्mन सकिन्छ भनें गौरादहका कुनै पनि घरमा ट्यूववेल जडान गरेको पाईदैन । पानी जादैन भन्ने विश्वास भएकै कारण नगरवासीहरुले ट्युववेलको आवश्यकता महशुस गर्नु भएन नी होइन र ? गौरादह खानेपानी संग वहाँहरुले विस्वास गर्ने अर्को कारण भनेको हामी संग रहेको मौजुदा फन्ट पनि हो । कुनै पनि भईपरि आउने कुरामा हामी संग दर्विलो आर्थिक अवस्था तैयार भइरहेको छ । दुई वर्षमा बचतलाई तेब्बर बनाउन सक्नु भनेको समृद्धीको नमुना नै नमुना नै मान्नु पर्छ ।

के–के प्रतिबद्धताहरु गर्नु भएको थियो ? के कती पुरा भए ?
अघिल्लो कार्यकालमा गरिएका प्रतिवद्दताहरु प्रायजसो सवै पुरा भएका छन् । पुरा गर्न नसकिने कुराहरु मलाई बोल्न मन लाग्दैन । ९५ प्रतिशत गौरादहबासीहरु लाई खानेपानी पु¥याउने प्रतिवद्दता पुरा भएको छ । महशुल वृद्धी नगर्ने भन्ने प्रतिवद्दता पनि पुरा भएको छ । कम्प्युटर विलिङ् महत्वपूर्ण उपलव्धि हो । इ–पेमेन्ट सिस्टमको सुरुवातको लगभग तैयारी भइसकेको छ जुन मेरो कार्यकालको महत्वपूर्ण मिसन थियो ।

तपाईंका आगामी कार्यक्रमहरु के कस्ता छन् त ?
कार्यक्रमहरु धेरै छन् । विषेश गरी नगरवासीहरुलाई पर्याप्त रुपमा शुद्ध खानेपानी वितरण गर्नु नै मुख्य लक्ष हो । गौरादहको खानेपानी प्लान्टलाई अत्याधुनिकरण गर्दै भरपर्दो सेवा प्रदान गर्नु मेरो दोश्रो कार्यकालको मुख्य कार्य हुनेछ । हामीले अहिले सम्म हासिल गरेका रणनैतिक योजनाहरुलाई दिर्घकालिन रुपमा फाइदा पुग्ने गरी अझ प्रभावकारी ढंगले अगाडी बढाउनु नै हाम्रो मुख्य प्रतिवद्धता रहने छ । अझ सवैले बुभ्mने भाषामा भन्नु पर्दा मेरो आगामी कार्यकाल गौरादहको खानेपानीका लागी स्वर्ण काल हुने कुरामा ढुक्क हुन आग्रह गर्दछु ।

प्रजातान्त्रिक सक्तिहरु एक ठाउँमा रहँदै चुनावी प्रतिस्पर्धा गर्ने कुरा गर्नु भएको छ, राप्रपा संगको सहकार्य कती फलदायी रहला ?
खानेपानी उपभोक्ता समितिको निर्वाचनमा यसलाई सहकार्य भन्नु उचित हुन्छ जस्तो मलाइ लाग्छ । वहाँहरु संग सहकार्य गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । गत स्थानिय निर्वाचनमा पनि हामीले राप्रपा संग सहकार्य गरेर अगाडी बढ्ने योजनामा धेरै छलफल गरेका थियौँ कारणवस त्यो समयमा सफल हुन सकिएन । सचिव पदमा मेरा मित्र देवेन्द्र जी लाई हामीले उठाएका छौँ । धेरै वटा संघ संस्था संग निकट सम्वन्ध राख्दै लामो समय देखी गौरादहका हरेक सामाजिक कार्यहरुमा कृयासिल रहदै आउनु भएको व्यक्ति हो । वहाँ संग एउटै टिममा वसेर काम गर्न पाउँदा यो भन्दा अवसर को कुरा अरु ढुंगा सावित हुने छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
तपाईंको लोकपृय सञ्चार माध्यमबाट आप्mना कुराहरु राख्ने मौका दिनु भएकोमा आभार प्रकट गर्दछु । मैले दोश्रो कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्धारी दिएको छु । मेरो साथमा सचिव पदका योग्य उम्मेद्धार देवेन्द्र जी हुनुहुन्छ । प्रजातान्त्रिक प्यानलका हाम्रा सम्पुर्ण उम्मेद्धारहरुलाई आप्mनो अमुल्य मत दिएर विजयी गराउनु हुन आम उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।

Facebook Comments