add
मनोरञ्जन

‘पल्लाघरे काका’को भिडियो सार्वजनिक

सागर आलेको स्वरमा समवोश ‘पल्लाघरे काका’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा टिका दाहालको संगीत, राम्बो अधिकारीको शब्द छ । यो गीतको भिडियोमा नायिका बर्षा राउत, कलाकार सुरविर पण्डिट र राम्बो अधिकारीलाई देखाइएको छ ।

गम्भिर बिष्टले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

यो भिडियोमा गाउँका अल्लारे यूवा र गाउँका गफाडी काकाको संवाद पनि समावेश गरिएको छ । जसले भिडियोलाई अझै रोचक बनाएको छ ।

Facebook Comments