add
विचार विशेष स्थानीय खबर

सामाजिक संघ–संस्थामा टेकेर राजनीतिक हाइट बनाउने सोचको अन्त्य हुनुपर्छ: देवेन्द्र खड्का

देवेन्द्र खड्का
सचिव पदका उम्मेद्धार गौरादह खानेपानी
गौरादह खानेपानीमा नयाँ कार्यकालका लागि चैत १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतान्त्रिक समूह र प्रगतिशील समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा लोकतान्त्रिक समूहको तर्पmबाट देवेन्द्र खड्काको उम्मेद्वारी पर्ने निश्चित भएको छ । प्रस्तुत छ, सचिव पदका प्रत्यासी देवेन्द्र खड्कासँग पत्रकार सान नेपालले गर्नुभएको कुराकान
ी–

खानेपानीको सचिव पदमा उठ्नु भएको छ । किन उठ्नु भयो ?
सायद कथाले मागेको हुनुपर्छ । वास्तवमै भन्नु पर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको म एउटा पुरानो कार्यकर्ता पनि हुँ । पार्टीले चुनावमा भाग लिनको लागी मलाई औपचारिक रुप बाटै आग्रह भएको हो । नेपाली कांग्रेस संग सहकार्य गरेर चुनावमा जाने योजना अनुरुप मैले साथीहरुको सल्लाहमा चुनावमा जाने निधो गरेको हुँ । गौरादह खानेपानीमा राजनितीकरण हुनु हुदैन भन्ने हाम्रो पार्टीको ठहर रहेको छ । कुनै पनि संघ संस्थामा राजनितीकरण भयो भने त्यसले आप्mनो दायित्व पुरा गर्न सक्दैन । समग्रमा भन्नु पर्दा मैले सचिव पदमा उम्मेद्धारी दिनुको कारण काँधमा सामाजिक जिम्मेवारी बोकेर हिडौँ भन्ने नै हो ।

सचिव पदमा तपाँईलाई किन रोज्ने ?
सचिव पदमा मलाई आम उपभोक्ता मतदाताले भोट दिएर जिताउनु हुनेछ भन्ने विस्वास गरेको छु । २०४६ साल देखी यही गौरादहमा बसेर सामाजिक कार्यहरुमा सकृय रुपमा सहभागी हुँदै आईयो । देवेन्द्र खड्का यस्तो व्यक्ति हो जसले एकछिन सामाजिक कार्य नगरी बस्न सक्दैन भन्दा अत्युक्ति नहोला । मलाई बालक काल देखी नै सामाजिक कार्यहरु गर्न पाउदा निकै उत्साह लाग्ने गर्दथ्यो । आम उपभोक्ताले सही र गलत के हो भन्ने भन्दा पनि कसलाई जिताएर पठाउन पाए २४ घण्टा सेवा दिन सक्छ भन्ने कुरा महत्पूर्ण हो । गौरादहबासीलाई रामै्र थाहा छ देबेन्द्र खड्का सामान्य किसानको छोरो हो । जुन सुकै समयमा पनि आम उपभोक्ताका काम हरु गर्न सकिन्छ भन्ने विस्वास दिलाउन चाहान्छु । एउटा महत्वपूर्ण कुरा के हो भने, गौरादहको खानेपानी लाई एउटा सुविधा सम्पन्न परियोजनाको रुपमा विकास गर्नु छ । नयाँ प्रविधीहरु जडान गरेर उपभोक्ताहरुलाई सरल तरिकाले खानेपानी वितरण गर्नु छ । जुन सुकै संघ–संस्थामा रहेर काम गर्नको लागी इमान्दारीता र अनुभवको खाचो रहन्छ । मलाई धेरै संघ संस्थामा बसेर कार्य गरेको अनुभव छ ।

गौरादह खानेपानीमा के कस्ता चुनौतीहरु रहेका छन् जस्तो लाग्छ ?
गौरादहको भुगोल ठुलो छ । साविक गौरादह खानेपानी उपभोक्त समितिको जिम्मेवारी अथवा क्षेत्राधिकार भनेको साविक गौरादह गाविस नै हो । बस्ती पातलो भएको स्थानहरुमा पाइपलाईन विस्तार गर्न समस्या छ र महंगो पनि पर्न आउँछ । त्यसो भन्दैमा विकट स्थानमा खानेपानीको पहुँच पु¥याउन असम्भव छ भन्ने कुरा होईन । सत् प्रतिसत गौरादहबासीलाई शुद्ध खानेपानी वितरण गर्नु नै पर्छ । तुरुन्तै अर्को ट्यांकी सञ्चालन गर्नु छ । ट्यांकी सञ्चालन गर्नको लागी फिल्टरको आवस्यकता छ, हामी संग फिल्टरको अभाव छ । एउटा बोरिङ जडान भई सकेको छ भनेँ थप एउटा नयाँ बोरिङ् जडान गर्नु पर्ने आवश्यकता रहेको छ । खानेपानीका सम्पूर्ण प्यारामिटरहरुलाई तथ्यगत रुपमा राख्नुपर्ने एउटा महत्वपूर्ण चुनौती नै हो । जुन कुरा हाम्रो लोकतान्त्रिक साझा प्यानलको तर्पmबाट अध्यक्ष पदमा उम्मेद्धारी दिनु भएका आदरणिय सर बाबुराम भण्डारीले पनि समय समयमा व्रिफिङ गर्नु भएकै कुरा हो । क्लोरिन टेस्ट, टर्मिटी टेस्ट, टेम्प्रेचर टेस्ट, क्लोरिर्पmम टेस्ट आदी कार्यहरु खानेपानी सञ्चालन तर्था वितरणको लागी निकै चुनौतीपुर्ण मानिन्छन् । आकारका हिसावले पहिले जडान गरिएका खानेपानी वितरणका पाईपहरु धेरै साना छन् । अर्को कुरा साइजका हिसावले हेर्दा हामीले पहिले जडान गरेका वितरण पाईपहरु साना साइजका छन् । साना साइजका सवै पाईपहरु हटाएर नयाँ पाईप जडान गर्नु पर्ने हुन्छ । अन्यथा पानीको भोल्युम वढाएर पठाउदा पाईप फुट्ने सम्भावना हुन्छ । सवै पाईप लाईनहरु ब्रेक डाउन हुने सम्भावना रहन्छ ।

प्राविधिक समस्याहरु धेरै रहेछन् । समस्या समाधान गर्नको लागी के गर्नु पर्ला ?
अहिले गौरादह खानेपानी उपभोक्ता समितिको कोषमा करिव १ करोड ५० लाख नगर मौज्दात छ । यसलाई अघिल्लो समितिले गरको इमान्दारिता कार्य मध्येको एक महत्वूर्ण कार्य मान्नु पर्छ । त्यो समयका टिम फर्मेसन रामै्र रहेछ, धेरै कामहरुका सुरुवात वहाँहरुले गर्नु भएको छ । तिनै कार्यहरुलाई निरन्तरता दिनु नै हाम्रो मुल लक्ष रहने छ । संघिय तथा प्रदेश सरकार संग समन्वय गरेर आगामी कार्यक्रमहरुलाई क्रमिक रुपमा अगाडी बढाउने थुप्रै योजनाहरु छन् । स्थानिय सरकारले २० लाख सहयोग गरेको थियो भन्ने मेयरसाव बाट जानकारी प्राप्त भएको छ । क्रमिक रुपमा सवै समस्याहरु समाधान गर्दै गौरादहबासीलाई शुद्ध र पर्याप्त खानेपानी सुविधा पु¥याउनु नै हाम्रो मुल लक्ष मिसन हुनु पर्छ ।

तपाईंले सचिवमा जित्नु भयो भने के कस्ता थप योजनाहरु सञ्चालन गर्ने विचार छ ?
मैले प्रारम्भिक अध्ययन गरे अनुसार हामीलाई तुरुन्तै १० हजार मिटर पाइपको आवस्यकता रहेको छ । यसो भएको खण्डमा साविक गौरादह गाविसका सम्पूर्ण घरहरुमा खानेपानीको सुविधा पु¥याउन सकिने कुरामा कुनै संका नै छैन । कामलाई गतिशिलता दिनको लागी इच्छा सक्ति मात्र एउटा हतियार हो । यदी हामीले निस्वार्थ सेवा ग¥यौँ भने दुरगामी फाइदा लिन सकिन्छ । मलाई अझ के लाग्छ भने अन्य क्षेत्रमा रहेका खानेपानीको तुलनामा हामी सक्षम छौँ भन्ने कुरामा गौरव गर्नु पर्छ ।
अहिले हाम्रो कार्यालयमा कम्प्युटर सिस्टमको विकास भएको छ । सम्पूर्ण डाटा इन्ट्री गरेर कम्प्युटर विलिङ प्रणालीको शुरुवात गरिनुलाई गौरादहको खानेपानीले ठुलै फड्को मारेको कुरामा दुई मत नहोला । त्यसै गरी दैनिक महशुल उठाउने कार्यको शुरुवात भएको छ, जसबाट सेवाग्राहीलाई थप सेवा उपलब्ध भएको छ । ई–बिलिङ सेवाको लागी कार्य अघी बढिसकेको छ, इ–विलिङ् सेवा सञ्चालनमा आएमा घरमै बसी बसी मोवाइलबाटै विल भुक्तानी गर्न सकिन्छ । केही महिना भित्र बाटै उक्त सेवा सञ्चालनमा आउने कुरा हामीलाई कार्यालयबाट प्राप्त सुचाना बाट देखिएको छ ।
बिना लोडसेडिङ २४ सै घण्टा खानेपानीको निरन्तर सेवा पु¥याउन सक्नु आपैmँमा महत्वपूर्ण उपलब्धि हो । गौरादहको खानेपानी लाई नमुना खानेपानी बनाउन सकिन्छ । गौरादहबासीहरु खानेपानीको वितरणमा सन्तुष्ट छन् भन्ने एउटा कुरा भन्ने कुरा अध्ययनले देखाएको छ यद्यपी नयाँ सोच र योजनाका साथ अघी बढ्नु पर्ने कुराका टड्कारो आवश्यकता पनि उतिनै छ ।

प्रजातान्त्रिक सक्तिहरु एक ठाउँमा रहदै चुनावी प्रतिस्पर्धा गर्ने कुरा गर्नु भएको छ, कांग्रेस सहितको साझा समुह निर्माण गरेर अगाडी बढ्नु भएको छ । सहकार्य कति फलदायी रहला ?
खानेपानी उपभोक्ता समितिको निर्वाचनमा यसलाई सहकार्य भन्नु उचित हुन्छ जस्तो मलाइ लाग्छ । सहकार्य, सहमती र सहअस्तित्व लाई स्विकार्न सक्नु नै गतिशिलताको उदाहरण हो । हामीले जित्ने अथवा हार्ने कुरा आप्mनो ठाउँमा छ । चुनावमा जित हार हुन सक्छ । कर्म गर्ने हो फलको आशा गर्नु हुदैन । कसले जित्ने कसले हार्ने भन्ने कुरा महत्वपुर्ण होईन, उचित व्यक्ति को हो भन्ने कुरा आम उपभोक्ताहरुले मनन गरी सक्नु भएको छ ।

चुनाव गर्नु भन्दा सहमतिय प्रणालीमा जानु भएको भए राम्रो हुने थियो नी होइन र ?
पहिलेको टिम विलकुल राम्रो थियो भन्ने मलाई लाग्या हो । सहमतिय प्रणालीमा जान नसक्नु निकै ठुलो भुल हो । हामी कहाँ चुक्यौँ भन्ने कुरा यहाँ उठाउन उपयुक्त लागेन । मुलकुरा के हो सामाजिक संघ संस्थामा टेकेर राजनितिक प्लेटफार्म बनाउछु भन्नु एकदमै गलत सोच हो ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
तपाईंको लोकप्रिय सञ्चार माध्यमबाट आप्mना कुराहरु राख्ने मौका दिनु भएकोमा आभार प्रकट गर्दछु । हामी तपाँईहरुका घर आगनमा आउन कोशिस गर्यौँ तर कतिपए अवस्थामा घर घरमा पुग्न सकिएन होला, त्यसको लागी सवै लोकतात्रिक साझा उम्मेद्धारहरुको तर्पmबाट हात जोडेर माफी माग्न चाहान्छु । हामीले पर्चा पम्प्लेटका साथै सामाजिक सञ्जालहरु मार्पmत आप्mना कुराहरु राखी रहेका छौ । पढी दिनु होला । भोट दिएर जिताई दिनु होला । आम गौरादहबासी माता पिता दाजुभाई दिदी वहिनीहरुलाई महान चाड होलीको अवसरमा हार्दिक शुभकामना । हाम्रालाई होइन राम्रालाई जिताऔँ भन्ने आह्वान गर्न चाहान्छु । धन्यवाद !

Facebook Comments