add
विचार

असारे कागजी विकास र देश !

add

— रमिते
अब शुरु हुन्छ नेपालको असारे विकास ! हाकिम, लेखापाल, प्राविधिकहरुको बडादशैं ।वर्षभरि खर्च हुन नसकेको रकम असारमा आएर खर्च हुन्छ । असारमा विकास हुने उहिले पहिलेदेखिकै परम्परा हो । यही असारे विकासले नै देशलाई यो ठाउँमा ल्याइपु¥याएको हो । असारमा विकासे अड्डाका मान्छेलाई भेट्नु प¥यो भने विल भौचर चेकका ठुटाको पहाड पल्टाएर खोज्नु पर्छ । अहिले उनीहरु कसैसगँ बोल्न भ्याउदैनन्, कसैको निशुल्क रुपमा जन्ती मलामी जान भ्याउने त झन् कुरै भएन । मुठी खाएर मुरी बटुल्ने यो बेला भनेको वर्ष भरिकै स्वर्णकाल हो । बाह्र महिनामा बल्ल तल्ल आउने असार महिना वर्षौ वर्ष मायाप्रिती गरेर मुस्किलले चाँजो मिलाएर बेहुलो बेहुली भएको नवजोडीको खुशीयालीको दिन भन्दा महत्वपूर्ण महिना हो विकासे कर्मचारी ठेकेदारहरुका निम्ति ! कुखुराका साँप्राले दतिवन गर्ने, वियर र ऐठनपानीले कुल्ला गर्ने, हात्तीको अग्लो सिराने लगाएर सुत्ने असार महिना जस्तै बाँकी एघार महिना पनि असारै होइन भनेर विकासे कर्मचारीहरु धूपधुवाँर गरेर भाकल भाक्तै छन् ।
असारे विकासका बारेमा नेताहरु भाषण डुक्रिन्छन् । मिडियाहरुले भमरा टाउके अक्षरमा अखबार रंग्याउछन् । गाउँटोल, चोकबजार, सार्वजनिक स्थलहरुमा साह्रा दुनियाँको गफको विषय यही बन्छ । असारे विकासका बारेमा अख्तियारवाला बाहेक सबैलाई भलिभाँती थाहा हुन्छ तर पनि हाम्रो कागजी विकास असारमै भइरहन्छ । अख्तियारलाई पनि चाहिने भनेको कागजै हो । कागजी विकासमा कागज नहुने कुरै भएन । अघिल्लो सालको असारे त्यही सालको साउने भेलले लैजान्छ त्यसैले प्रत्येक साल असारमा विकास भइरहन्छ । वर्षौ वर्षसम्म तिनै वृद्धवृद्धाको नाउँ लेखेर सञ्चालन गरिने कुनै एनजीओद्वारा सञ्चालित प्रौढ शिक्षाको कार्यक्रम जस्तै तिनै योजनाहरु प्रत्येक साल दोहोरिने तेहरिने गर्छन् ।
यही असार महिनामा सदा झै गाउँठाउँका बाटाहरुमा गोबरले घर लिपे झै कालोपत्रे लिपिन्छ तर साउन महिना भरिमा त्यो देशद्रोही दुबो र भ्रष्ट मोथेले कालोपत्रेलाई एकै महिनामा हरियो पत्रेमा परिणत गर्दिन्छ । त्यही बाटोमा कागले ठुंगेर… (साप्ताहिक समाचारबाट)

Facebook Comments