add
मनोरञ्जन

चलचित्र ‘छ माया छपक्कै’ आउँदो दशैंमा प्रदर्शन गर्ने

काठमाडौँ, २६ चैत । दिपकराज गिरी र रोहित अधिकारीले चलचित्र छ माया छपक्कै निर्माण गर्ने भएका छन्।

चलचित्र ‘वडा नम्बर ६’ देखि निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको छ।

आउँदो दशैंमा प्रदर्शन गर्ने भनिएको चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको र चलचित्र विकास बोर्डमा नाम दर्ता भएपछि मात्र सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

नयाँ चलचित्र छ माया छपक्कै दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन्। बैशाख पहिलो साताबाट छायांकनमा जाने तयारी भएको उक्त चलचित्रमा कलाकार दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्ने पक्का भएको र अन्य कलाकार टुँगिन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।

Facebook Comments