add
मनोरञ्जन

‘लभ स्टेशन’ को बियोगान्त गीत सार्वजनिक

शुक्रबारदेखि हलमा रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’को बियोगान्त गीत सार्वजनिक गरिएको छ ।

चलचित्र रिलिज भएको केही दिनपछि चलचित्रको बियोगान्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नायिका जसिता गुरुङको बिहेमा नायक प्रदिप खड्काको पीडा देख्न सकिन्छ ।

उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रको यो गीतमा डेविड शंकरको स्वर, दिपक शर्माको संगीत, दिपक र उषा शेरचनको शब्द छ । गीतको शब्द मन छुने खालको छ ।

चलचित्रले हलमा अहिले औषत कारोबार गरिरहेको छ । चलचित्रको यो व्यापार नयाँ बर्षमा उकासिने विश्वास निर्माणपक्षको छ ।

Facebook Comments