add
अर्थ

नयाँ वर्षको अवसरमा टेलिकमको नयाँ अफर

काठमाडौं, २९ चैत । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत ग्राहकले एकदमै सस्तो दरमा भ्याइस, डाटा र एसएमएस प्याक लिन पाउने छन् ।

नयाँ वर्षको अफर अन्तर्गत ग्राहकले २ सय रुपैयाँको प्याक लिंदा ३ जीबी डाटा र २ सय मिनेट भ्वाइस प्याक पाउनेछन् । सोही प्याक अन्तर्गत २ सय वटा एसएमएस समेत पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिनं) सम्म खरिद गर्न सकिने जनाइएको छ ।

ग्राहकले *1415# मा डायल गरि प्याक खरिद गर्न सक्नेछन् । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि प्याक खरिद गर्न मिल्नेछ ।

Facebook Comments