काठमाडौं, २९ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले शुक्रबार निःशुल्क शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न माग गरेका छन् । निजी क्षेत्रमा चालु शैक्षिकसत्रमा मनोमानी रुपमा शैक्षिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढ विद्यार्थीले शिक्षाको निजीकरण र व्यापारीकरण रोक्नुपर्नेमा जोड दिएका छन् ।
ज्ञापनपत्रमा निजि शैक्षिक संस्थाले शुल्क बढाएर लिइएको भन्दै बढाइएको शुल्क फिर्ता गराउन समेत माग गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।