add
स्थानीय खबर

नयाँ वर्ष तथा सिरुवा पावनीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

गौरादह, ३० चैत । नयाँ वर्षको अवसर पारेर यहाँ स्थित वार्ड नं. –७ ग्वालडुब्बामा रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ ।

कोचीला गाभुर फ्रन्ट गौरादहले नयाँ वर्ष तथा सिरुवा पावनीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा ७ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा संकलित ३८ पिन्ट रगत उपशाखा बिर्तामोडको ब्लड बैंकमा जम्मा गरिएको रेडक्रसले जनाएको छ ।

त्यसअवसरमा नगर प्रमुख रोहित कुमार साह, उपप्रमुख गीता भेट्वाल, ताजपुरीया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरीया, गाभुर फ्रन्टका केन्द्रिय सदस्य कुवेर राजवंशी, राजवंशी समाज विकास समिति केन्द्रिय सदस्य सम्पतलाल राजवंशी लगायतले आ–आप्mना धारणा राखेका थिए ।

Facebook Comments