add
विशेष स्थानीय खबर

चौथो जिल्ला अधिवेशन, कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुन नसकेको आरोप

भद्रपुर, ३० चैत । नेपालका विभिन्न जातीमध्ये कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुननसकेको आरोप लगाउनु भयो । किराँत कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा सहभागिले यस्तो आरोप लगाउनु भएको हो ।

देशमा लोकतन्त्र संस्थागत भइरहेपनि एकात्मक सत्ता कै आभास भइरहेको उहाहरुको गुनासो थियो । इतिहास बोकेको किराँती मुलको एक आदिवासी भएपनि राईसँग जोडेर उपजाति बनाएको प्रति असन्तुष्ट जनाउनु भएको थियो । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङ्लाइ सुचिकृत गराउन आन्दोलन गरिरहेको वक्ताहरुले जानकारी गराउनु भयो ।

कुलुङ्को उद्गमस्थल सोलुखम्बुको महाकुलुङ भन्ने स्थान हुदै सङ्खुवासभा,भोजपुर, इलाम, झापा,मोरङ्, सुनसरी लगायतका २२ जिल्लामा छरिएर रहेको उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ्ले बताउनुभयो नेपालमा मात्र नभइ भारत,

भुटान,हङकङ,बेलायत,सिङ्गापुर,मलेसिया,कोरिया लगायतका देशमा बसोवास रहेको उहाको भनाइ थियो । वि.सं.२०६८ को जनगणना अनुसार २८ हजार ६ सय १३ र मातृभाषीहरुको सङ्ख्या ३३ हजार १ सय ७० देखाइएको उहाले जनाउनुभयो । राइबाट अलग गर्ने हो भने अढाइलाख भन्दामाथि यो जाति हुनसक्ने अनुमान गरिएको उहाको दाबी छ । त्यसैगरि सङ्घले विभिन्न साङ्गित कार्यक्रमका साथ साधारणसभा सम्पन्न गरेको थियो । सङ्घका अध्यक्ष छितीज सोनुर कुलुङ्को सभापतित्व तथा हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न्न भएको थियोे ।

प्रमुख अतिथी गिरीले गाउँपालिकामा समावेशी समिति निर्माण भइरहेकोले तत्काल सुचिकृत हुन अनुरोध गर्नुभएको थियो । समावेशी समितिको उपस्थितीमा बजेट तर्जुमा गरेर उत्पादन मुलक कार्यक्रममा बजेट छुट्टाउने उहाले बताउनु भयो । स्थानीय सरकार भएकोले अन्य दुइतहमा जान आवश्यक नरहेको हुदाँ जात जातिलाइ संरक्षण गर्न जस्तोसुकै सहयोग गरिने उहाको भनाइ थियो ।

कार्यक्रममा मोरङ्की कोषाध्यक्ष आरती कुलुङ्ले समग्र कुलुङ् जातिलाइ जुनसुकै कार्यक्रमको लागि भैपरि आउने समस्यालाइ मध्यनजर गरि काठमाण्डौमा २ करोडको लागतमा भवन निर्माण गरिरहेको बताउनुभयो । सरकारले सुनुवाइ नगरेपछि सवै कुलुङ् मिलेर भवन लगायत अन्य भैपरी आउने विषयमा सहयोग रकम उठाउदै आएको उहाको भनाइ छ ।डिगविर कुलुङ् र मोरङ् सचिव जय कुलुङले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य गजेन्द्रमणि,प्रेम,वाडसदस्य नेत्र बहादुर गिरी,मोरङ् अध्यक्ष नरबहादुर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिलु कुलुङ्ले गर्नुभएको थियो ।

सोही भेलाले आगामी तीन वर्षे कार्यकालका लागि डिगविरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्र,सचिवमा दिलु,सहसचिव केवल र कोषाध्यक्षमा कमला चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा बिर्ख,धनबहादुर,सरस्वती, कनकराज,हुकुमराज र महेन्द्र कुलुङ् चयन हुनुभएको सङ्घले जनाएको छ ।

Facebook Comments