add
खेलकुद

आइसीसी यु–१९ विश्वकप छनोट, आज नेपाल र यूएईबीच खेल हुँदै

काठमाडौं, ३० चैत । मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप छनोटमा केही बेरमा नेपाल र यूएईबीच खेल सुरु भएको छ। खेल मलेसियाको स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु हुँदै छ ।

मलेसियाको सेलाङगोर टर्फ क्लवमा जारी खेलमा हिजो शुक्रबार नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको थियो ।

शुक्रबारको खेलसँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको पुगेको छ ।

खेल डिसी नेपाल डटकमको युट्युब च्यानल youtube.com/dcnepalvideos र फेसबुक पेज https://www.facebook.com/dc.nepal/ बाट लाईभ हुनेछ।

Facebook Comments