add
विशेष स्थानीय खबर

झापामा बोलेरो गाडीको ठक्करबाट १ को मृत्यु, ११ जना घाइते

झापा, ३० चैत्र । झापाको मेचीनगर नगरपालिका–१२ कालीझोडामा शुक्रवार राती बोलेरो जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा राती ८ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा तत्काल पहिचान नखुलेको पैदलयात्री अन्दाजी ७५ वर्षका पुरुष व्यक्तिलाई ठक्कर दिँदा बोलेरो जीप अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना समेत घाइते भई उपचारको लागि वि.एण्ड.सी. अस्पताल विर्तामोड पठाईएको थियो । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रीको उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

दुवै सवारी साधन र मे १ ज १२०९ नम्बरको जीप चालक शिवसताक्षी नगरपालिका–१ बस्ने ३९ वर्षका युवराज शंकरलाई नियन्त्रणमा राखेको छ भने २८११ नम्बरका बोलेरो चालक फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments