add
स्थानीय खबर

झापामा खैरो हेरोईनसहित २ जना पक्राउ

झापा, ३० चैत्र । झापाको मेचीनगर नगरपालिका–७ ईट्टाभट्टाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईन सहित कन्काई नगरपालिका–२ बस्ने २५ वर्षका सुशन सुब्बा र सोही नगरपालिका–६ बस्ने २५ वर्षका सन्तोष राईलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थमा हिडीरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट लागूऔषध खैरो हेरोईन १ ग्राम ५ मिलिग्राम फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments