add
राजनीति

राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामनाः उपलब्धिलाई सुदृढ गर्न थप ऊर्जा मिलोस्

काठमाडौँ, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् भन्नुभएको छ ।

सन्देशमा उल्लेख गरिएको छ, “मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।”

Facebook Comments