add
विशेष समाज

लुक्लामा विमान दुर्घटनाः हालसम्म ३ जनाको मृत्यु

सोलुखुम्बु, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९ः२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र अर्का असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments