add
खेलकुद

बेंगलोरको पहिलो जीत, पंजाब ८ विकेटले पराजित

काठमाडौं, १ वैशाख । भारतमा जारी १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीइल) मा शनिबार पंजाब र बेंगलोरबिच भएको खेलमा बेंगलोरले ८ विकेटले पंजाबलाई हराउँदै आफ्नो पहिलो जीत हसिल गरेको छ। मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो घरेलु टोली पंजाबले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो।

१७४ रनको लक्ष्य पछ्याएको बेंगलोरले १९।२ ओभरमा २ विकेट गमाएर पुरा गर्यो। बेंगलोरको जीतका लागि एबी डीभिलियर्सले अविजीत ५९ रन बनाए। यस्तै कप्तान विराट कोहली ५३ बलमा ६७ रन बनाएर आउट भए। पंजाबका मोहम्मद शमी र कप्तान अश्वीनले १–१ विकेट लिए।

पंजाबको लागि गेलले शानदार ब्याटिङ गर्दै ९९ रनको पारी खेलेका थिए । उनले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए। बेंगलोरका लागि चहलले २ विकेट लिएका थिए भने सिराज र अलीले समान १–१ विकेट लिएका थिए।

जारी सिजनमा लगातार ६ खेल हारेको बेंगलोरले आज पहिलो जीत हासिल गरेको छ।

Facebook Comments