add
विशेष स्थानीय खबर

झापामा मोटरसाईकल एक आपसमा ठोक्किदा १ को मृत्यु २ जना घाइते

झापा, २ वैशाख। झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका–६ बस्ने २१ वर्षका प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार २६ वर्षका मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका–४ बस्ने २२ वर्षका लोकेश ठटाल घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक प्रविण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Facebook Comments