add
विचित्र विश्व

अनौठो घटना श्रीमानलाई बचाउन श्रीमतीले मागिन सम्बन्धविच्छेद

सम्बन्धविच्छेदका घटनामा श्रीमान श्रीमतीको विभिन्न कुरामा विवाद भएको हामीले देखेका छौं । साना साना कुरामा विवाद भएपछि पनि श्रीमान श्रीमती सम्बनधविच्छेदको निर्णयमा पुग्छन् तर हालै यस्तोघटना भएको छ जसले न्यायाधीश नै चकित परेका छन् । यहाँ युवतीले श्रीमानसँग विवाद भएर होइन बरु श्रीमानको ज्यान बचाउनको लागि अदालतमा सम्बनधविच्छेदको निवेदन दिएकी थिइन् । यो रोचक घटना भारतको मध्यप्रदेशमा घटेको हो ।

युवतीले अदालतमा सम्बनधविच्छेदका लागि निवेदन दिएपछि काउन्सिलिङका क्रममा उनले आफूले सम्बन्धविच्छेद गर्न नचाहेको बताइन् । युवतीका अनुसार उनले प्रेमविवाह गरेकी हुन् । यो बिहेमा उनका माइती विरोधी छन् र उनका पतिलाई मार्न चाहन्छन् त्यसैले उनले पतिको ज्यान बचाउन सम्बन्धविच्छेद गर्न चाहन्छिन् । वास्तविकता थाहा पाएपछि अदालतले सम्बन्धविच्छेदको आवेदनलाई खारेज गरेको छ । अदालतले पुलिस बोलाएर दुवैलाई घर पठाएको छ र पुलिसलाई उनीहरुको सुरक्षाको आदेश दिएको छ ।

अदालतमा निवेदनन दिन युवती माइती पक्षसँग आएकी थिइन् । युवकका परिवार पनि अदालत आएका थिए । अदालतमा न्यायाधीशले दुवैको एकैपटक काउन्सिलिङ गर्न भनेपछि युवतीका माइती पक्षले विरोध गरे । उनीहरु हातपातमै उत्रिएपछि पुलिसले हस्तक्षेप गर्यो । जब दुवैका परिवारलाई हटाएर पति पत्नी मात्र भए त्यसपछि युवतीले आफूले माइतीको दबाबमा निवेदन दिएको बताएकी थिइन् । माइतीले सम्बन्धविच्छेद नगरे युवकलाई मारिदिने धम्की दिएकोले उसलाई बचाउन आफूले निवेदन दिएको युवतीले बताइन् । उनीहरुले अन्तरजातीय विवाह गरेको र युवक कथित तल्लो जातिको भएको बताइएको छ । एजेन्सी

Facebook Comments