add
मनोरञ्जन

शाहरुख खानलाई यस्तो डर

एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् । बलिउड सेलिब्रिटीहरु कोही यस्ता छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ । जसका कारण उनीहरु बेलाबेलमा चर्चामा आइनै रहनछन् ।

पागलपनकै कारण केही बलिउड सेलिब्रिटीहरुले आफ्नो प्रेम समेत गुमाएका छन् । बलिउडको एक सफल जोडी हो शाहरुख खान र गौरी । शाहरुख खान र गौरी खानको लभ स्टोरी कुनै परीको कथाभन्दा कम छैन । फिल्मी क्षेत्रमा आउनुभन्दा पहिलादेखि नै गौरी र शाहरुख खान एकअर्कालाई डेटिङ गरेका गर्थे ।

गौरीलाई लिएर शाहरुख खान एकदमै पोजेसिभ रहेका थिए । गौरीलाई कपाल खुल्ला छोडेर शाहरुखले हिड्न दिदैनथे । गौरी यति राम्राी थिइन कि जो कोही उनलाई हेरर लठ्ठ पर्थे । शाहरुखलाई एउटै डर थियो कतै गौरीले छोडेर जाने त होइन ।

Facebook Comments