add
अर्थ स्थानीय खबर

मेचीनगरमा १ करोड ५० लाखको एकल लगानीमा होटल सञ्चालन

बिर्तामोड ७ वैशाख । झापाको मेचीनगर–६ मा एक करोड ५० लाखको एकल लगानीमा होटल सञ्चालनमा आएको छ ।

झापाका व्यवसायी खिलबहादुर गिरी ‘राजु’को एकल लगानीमा होटल पेरिस सञ्चालनमा आएको हो । होटलको पूर्व सांसद रविन कोइरालाले उद्घाटन गरेका थिए ।

होटलमा इट्ली, ढोसा, मान, तन्दुरी, वडा, पेय पदार्थ लगायतका विशेष परिकारका खानाका परिकार उपलब्ध हुने होटल सञ्चालक गिरीले बताए । नयाँ बर्षको अवसर पारेर सञ्चालनमा आएको होटलमा ७ गतेसम्म विशेष छुट दिइने गिरीले बताए । होटलमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका मेनेजर अर्पण लामाले बताए ।

Facebook Comments