add
खेलकुद

नेयमारमाथि फेरी अर्को संकट, आठ खेलसम्मको प्रतिवन्ध

फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ । फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको भन्दै उनीविरुद्ध आठ खेलको प्रतिबन्ध लाग्ने देखिएको आरएमसीको समाचारमा उल्लेख छ ।

केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले म्यान्चेस्टर युनाइटेडसँग पीएसजी हारेपछि नेयमारको पोष्ट आपत्तिजनक भएको भन्दै तीन च्याम्पियन्स लिगको तीन खेलमा प्रतिबन्ध गर्ने निर्णय गरेको बेला उनलाई फ्रान्स फुटबल फेडेरेशनले पनि कारबाही गर्ने देखिएको हो ।

नेयमारले शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि उपविजेताको मेडल थाप्न जाँदा भिडियो खिचिरहेका एक समर्थकमाथि मुक्का प्रहार गरेका थिए । खेलको नियमित समयमा पीएसजी र रेनेसले २–२ गोलको बराबरी खेलेका थिए । तर, पेनाल्टीमा रेनेस ६–५ गोलले विजयी भएको थियो ।

आरएमसीमा प्रकाशित समाचार अनुसार म्याच डेलिगेट्सले नेयमारको हर्कत रिपार्टमा समावेश गरेको खण्डमा अनुशासन कमिटीले उनलाई कारबाही गर्नेछ । यदी रिपोर्टमा उक्त घटना उल्लेख नभएमा पनि सार्वजनिक भिडियोकै आधारमा उनी कारबाहीमा पर्न सक्नेछन् । नेयमारलाई फेडेरेशनको आर्टिकल १ः१३ अनुसार कारबाही हुनसक्नेछ । जसअनुसार उनलाई ८ खेलसम्मको प्रतिबन्ध लाग्न सक्नेछ । एजेन्सी

Facebook Comments