add
मनोरञ्जन स्थानीय खबर

झापाली गायक आङ्देम्बेको ‘चाउचाउ’ गीतको म्युजिक भिडियो सार्वजनिक

झापा, १७ वैशाख । झापाली गायक प्रेम आङ्देम्बेको ‘चाउचाउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

एक दशकयता गीतसंगीतमा संघर्ष गरिरहेका झापा शिवसताक्षी नगरपालिका–६ का गायक प्रेमले गत वर्ष नै यो गीत रेकर्ड गराएका थिए । गीतमा शंकर थापाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो भने उनले भर्खर मात्र निर्माण गरेका हुन् । युट्युवमा भिडियो सार्वजनिक भएको केही घण्टामै ५ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

म्युजिक भिडियोमा गायक प्रेम आङ्देम्बेले आफैँ अभिनय गरेका छन् । उनलाई चर्चित नायिका केकी अधिकारीले साथ दिएकी छिन् । उनीहरुबाहेक हास्य कलाकारहरु शुरबीर पण्डित, निरु खड्का, विनोद राई (घ्याम्पे सुब्बा) लगायतले पनि भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको म्युजिक भिडियो विनोद कार्कीले छायांकन गरेका हुन् ।

Facebook Comments